१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
पुर्व राजाको सालिक राख्न नदिएको भन्दै राप्रपाले गरयौ टायर बालेर प्रर्दशन
  • न्युज डेस्क

    १९ जेष्ठ २०७९, बिहीबार

(नेपालगन्ज)

नेपालगन्जको वीरेन्द्र चोकमा बिहीबार राती राप्रपाले टायर बालेर प्रदर्शन गरेको छ । विहान राखिएको पुर्व राजा वीरेन्द्रको शालिक बलपूर्वक हटाइएको विरोध राप्रपाले प्रदर्शन गरेको हो ।उनिहरुले प्रहरी र सरकार बिरुद्ध मुर्दावाद भन्दै नारावाजी गरे ।
पुर्व राजा बिरेन्द्रको राखिएको सालिक हटाउने क्रममा प्रहरीको दमन, ज्यादतीको बिरोध र पक्राउ परेका राजावादि युवाहरुको रिहाईको माग गर्दै बिरेन्द्र चौकमा राप्रपाले टायर बालेर प्रदर्शन गरिएको हो’, राप्रपाका नेता बिन्दु चर्ति मगरले भनिन् ,‘कसैको आस्था माथि दमन गर्ने काम कसैले नगरौ ’बिहान प्रहरी र राजावादी युवा बिच भएको झडपमा प्रहरीले चार जना लाइ नियन्त्रणमा लिएको थियो ।
राजावादी युवाले राखेको पुर्व राजा वीरेन्द्रको सालिक हटाउने क्रममा बिहिबार नेपालगंन्जमा झडप भएको थियो भने झडपमा प्रहरीले ७ राउण्ड हवाई फायर गरेको थियो ।
वीरेन्द्रचोकमा राजावादी युवाले राखेको साालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप सुरु भएको हो ।
युवाले ढुंगाले हान्दा चार प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेको थियो ।
झडपमा नेपाल प्रहरीका सात र शसत्र प्रहरीका दुइ गरी नौ जना प्रहरी घाइते भएका छन् । ती स्थानहरुमा प्रहरीले अहिलेपनि प्रहरी तैनाथ छन् । नेपालगन्जको धम्बोजी चोकमा राजावादीहरुको समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको थियो ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित
  • Nabintech