श्रीलङ्काले वेस्ट इन्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला दुई–शून्यले जितेको छ । दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई एक सय ६४ रन हराएसँगै श्रीलङ्काले शृङ्खला आफ्नो पक्षमा पारेको हो । जितका लागि दुई सय ९७ रनको लक्ष्य पाएको पाहुना टोली एक सय ३२ रनमै अलआउट भयो । वेस्ट इन्डिजका लागि नक्रुमाह बोनरले ४४ र जेरमेन ब्ल्याकवुडले ३६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लसिथ...
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदाेबाटाे युथ क्लबले विभागीय टाेली एपीएफलाई हराएकाे छ । आज शुक्रवार भएकाे दाेस्राे खेलमा सातदाेबाटाेले एपीएफलाई चार–एक गाेल अन्तरले हराएकाे हाे । सातदाेबाटाेकाे जितमा मार्टीन्स कायाेदी अजयीले ह्याट्रिक गरे । मार्टिन्सले खेलकाे ४२ औँ, पहिलाे हाफकाे इन्ज्युरी समयकाे अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गाेल गर्दै ह्याट्रिक...
मिक्चेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि थ्री स्टारले ललितपुर डर्बीमा फ्रेन्ड्ससँगको हारबाट आफूलाई जोगाएको हो । यससँगै दुवै टोलीले एक–एक...
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए । चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो...