(नेपालगंन्ज ) बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि आयोजित स्लो वाईक प्रतियोगिताको छैठौं संस्करण आज सम्पन्न भएको छ । नेपालगन्जको न्यूरोडमा सम्पन्न छैठौं स्लो बाईक प्रतियोगिता २०८२ को उपाधी शिशिर सुवेदीले हात पारेका छन् । सुबेदीले निर्धारित १०० मिटरको दुरी ३ मिनेट ३० सेकेन्डमा पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको बिजेता भएसँगै...
(नेपालगञ्ज) बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित मोहनपुरमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक अन्तरक्रिया तथा समुदायस्तरमा बानी–व्यवहार परिवर्तन (Behavior Change Campaign) सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा राप्ती सब–डिभिजन वन कार्यालयका प्रमुख राम गणेश शाहले मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति, राहत तथा क्षतिपूर्ति...
बर्दियाबासीले सनिवार काठमाडौँको रत्नबाटिका स्थित रानीपोखरी को क्षेत्रमा शान्तिपूर्वक प्रदर्शन गरेका छन्। मध्यवती क्षेत्र खारेज गर, जनतालाई सुरक्षा दे लगायतका विभिन्न नारासहित प्रदर्शन गरेका छन् । अब भने आफ्ना माग विभिन्न ठाउँमा मन्त्रालय 𝑾𝑾𝑭 , वन कार्यालय लगायत विभिन्न ठाउँमा गई माग सम्बोधन गर्न जोड दिइनेछ । अझै पनि दबाबका लागि विभिन्न क्षेत्रमा विभिन्न विज्ञसँग...
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रवाह हुने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयमा भएको सुनुवाईमा भएको प्रश्नोत्तरको आधारमा ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा...
बाँके । डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्वलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। जसपाले जारी गरेको विज्ञप्तिमा मिति २०८२ साल पुष २५ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारित समाचारमा पार्टीका महासचिव तथा पूर्वमन्त्री...
(नेपालगंन्ज) बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु,...
नेपालगंन्ज । कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ । शुक्रबार उन्नाइसौँ नगरसभा सम्पन्न भएसँगै नगरप्रमुख पूर्णप्रसाद आचार्यले चालु आर्थिक वर्षको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो । नगरसभामा प्रस्तुत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित भएको छ । यस्तै नगरसभाबाट घरनक्सा पास अभिलेखीकरण असार मसान्तसम्म खुला...
(नेपालगंन्ज) मानवीय भावना र सहयोगको सुन्दर उदाहरण प्रस्तुत गर्दै मनकारीहरूको पहलमा जाडोयाममा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३, सिमरास्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो । कठ्याङ्ग्रिने...
नेपालगंन्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृंखला पुस २७ गते नेपालगञ्जमा हुने भएको हो । ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगञ्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको...