१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
‘बैशाख ३० गते नेपालगन्जका मतदाताले मिश्र र ढकालको उम्मेदवारी सदर गर्छन’
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

नेपालगन्ज – नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं बाँके जिल्ला सहइन्चार्ज मोहमद हारुनले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरका मतदाताले मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई बिजयी बनाउने बताएका छन् ।

घरदैलो अभियानका क्रममा बोल्दै हारुनले भने–‘बैशाख ३० गते नेपालगन्जका मतदाताले मिश्र र ढकालको उम्मेदवारी सदर गर्ने निश्चित छ । उहाँहरु लगायत एमालेका उम्मेदवार बिजयी हुन्छन् ।’

एमालेको जित देखेरै नेपालगन्जमा प्रतिस्पर्धीले गठबन्धन गरेको भन्दै हारुनले गठबन्धनका कारण एमालेका उम्मेदवारहरु कहिल्यै नतर्सिएको बताए । उनले भने,–‘उनीहरुले गठबन्धन गरेबाटै हाम्रो शक्ति कति छ भन्ने प्रष्ट भएको छ । तर जतिसुकै गठबन्धन भएपनि नतिजा हाम्रो पक्षमा आउँछ हेर्नुहोला ।’

नेपालगन्जमा एमालेको सुदृड संगठन बनेको र भिजन सहितका जनमतमा प्रभाव पार्ने नेताहरु उम्मेदवार भएकाले आफुहरुको बिजय हुने हारुनले बताए ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech