२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
राजनीतिक संस्कार सिकौं हिमान्सुबाट
  • न्युज डेस्क

    २३ बैशाख २०७९, शुक्रबार

नेपालगन्ज

नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमणमै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकीबीच झगडा हुन्छ ।
तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान गरिरहेका यादवले प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए । त्यो दृश्य देख्ने जोकोहीले यादवल राजनीतिमा अनुशासनको पाठ सिकाएको भन्दै प्रशंसा गरे ।


जसपाको उम्मेदवार राजवी कुर्मीका बुवा प्रेम कुर्मीलाई उनले ढोगेका थिए । नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले यादवले देखाएको राजनीतिक अनुशासन उदाहरणीय भएको बताए । उनले भने–‘यो राजनीतिक संस्कार नेपालमा अभाव हुँदै गएको छ । हिमान्शु उदाहरण बने ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२