नेपालगञ्ज । बाँकेकी कृष्णा पाठक लुम्बिनी प्रदेश भलिबल संघको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छन्।
संघको दोस्रो अधिवेशनबाट पाठक उपाध्यक्षमा निर्वाचित भएकी हुन्। अधिवेशनले अध्यक्षमा योग गुरुङ, उपाध्यक्षमा कृष्णा पाठक र रमेश कर्माचार्य, महासचिवमा नवल गुरुङ तथा कोषाध्यक्षमा सुरेन्द्र शाक्यलाई सर्वसम्मत चयन गरेको छ।
त्यस्तै, सदस्यहरूमा दीपक दमासे, मौसम कुँवर, प्रकाश श्रेष्ठ र चन्द्रबहादुर बिसी निर्वाचित भएका छन्।
उपाध्यक्षमा निर्वाचित पाठकले लुम्बिनी प्रदेशमा भलिबल खेलको विकास, विस्तार र प्रवर्द्धनमा योगदान गर्ने बताएकी छन्। उनले भलिबल खेलप्रति युवाहरूको आकर्षण बढाउन, खेलाडीहरूलाई प्रोत्साहन गर्न तथा नयाँ प्रतिभाको पहिचान र विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।





















