२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
चाडपर्वलाई खेलकुद उत्सवसँग जोड्दै राप्तीसोनारीमा महिला फुटबललाई प्रोत्साहन
  • न्युज डेस्क

    २२ कार्तिक २०८३, शनिबार


चाडपर्वलाई मनोरञ्जन र आपसी सद्भावमा मात्र सीमित नराखी खेलकुद उत्सवका रूपमा मनाउने उद्देश्यसहित बाँकेको राप्तीसोनारी गाउँपालिका–२, हरिहरपुरमा तिहार विशेष महिला फुटबल प्रतियोगिता आयोजना गरिएको छ।

त्रिशक्ति युवा स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताले महिला खेलकुदको विकास, महिला उत्थान तथा सशक्तीकरणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा लुकेर रहेका महिला खेल प्रतिभालाई उजागर गर्दै खेलकुदमार्फत महिलाको सहभागिता र पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

महिला फुटबललाई स्थानीयस्तरमा मात्र सीमित नराखी राष्ट्रियस्तरसम्म चिनाउने लक्ष्यका साथ राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले विशेष पहल गर्नुभएको छ। गाउँपालिकाका नौवटै वडाका महिलालाई फुटबल खेलमा सहभागी गराउँदै महिला खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुदको अवसर विस्तार गर्ने उहाँको पहल रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी महिला खेलाडीको हौसला बढाउन पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई सात हजार, द्वितीय हुनेलाई पाँच हजार र तृतीय हुने टोलीलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

उक्त पुरस्कार रकम वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीका दाइ त्रिथराज ओलीले महिला खेलकुदको प्रवद्र्धन तथा खेलाडीको प्रोत्साहनका लागि सहयोगस्वरूप प्रदान गर्नुभएको हो।

चाडपर्वको अवसरमा आयोजना हुने यस्ता खेलकुद गतिविधिले समुदायमा आपसी सद्भाव, एकता र उत्साह बढाउनुका साथै महिलालाई खेलकुद क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ। महिला पनि खेलकुदका हरेक विधामा सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

महिला फुटबलको विकास, महिला उत्थान र सशक्तीकरणका लागि गरिएको पहल तथा आर्थिक सहयोगप्रति वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आभार ब्यत्त गरे ।

  • २२ कार्तिक २०८३, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२