२१ कार्तिक २०८३, शुक्रबार
२१ कार्तिक २०८३, शुक्रबार
मो. इम्तीहाज राइले श्रम संस्कृति पार्टीको नगर संयोजक
  • न्युज डेस्क

    २१ कार्तिक २०८३, शुक्रबार

मो. इम्तीहाज राइले श्रम संस्कृति पार्टीको नगर संयोजक

(नेपालगंन्ज )

श्रमजीवी, विपन्न तथा सीमान्तकृत समुदायको हकहित र सामाजिक न्यायका पक्षमा सक्रिय रहँदै आएका मो. इम्तीहाज राइले श्रम संस्कृति पार्टीको नगर संयोजकको जिम्मेवारी पाउनुभएको छ।
नगर संयोजकको नयाँ जिम्मेवारीसँगै पार्टी संगठनलाई थप सुदृढ बनाउने, श्रमजीवी तथा सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाउने र सामाजिक न्याय तथा धार्मिक सद्भाव प्रवद्र्धनमा सक्रिय रहने उहाँको प्रतिबद्धता छ।

बँकेको राजनीतिक तथा सामाजिक क्षेत्रमा परिचित राइ लामो समयदेखि श्रमजीवी वर्गको अधिकार, सामाजिक न्याय, धार्मिक सद्भाव र समुदायको उत्थानका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। राजनीतिलाई पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यमभन्दा पनि समाज परिवर्तन तथा जनताको सेवा गर्ने जिम्मेवारीका रूपमा बुझ्ने उहाँले राजनीतिक गतिविधिसँगै सामाजिक सेवाका कामलाई पनि निरन्तरता दिँदै आउनुभएको छ।
श्रम, संस्कृति र उत्पादनलाई समाज रूपान्तरणको आधार मान्ने राइ श्रमको सम्मान र श्रमजीवी वर्गको अधिकार स्थापित हुनुपर्ने धारणा राख्नुहुन्छ। उहाँका अनुसार श्रम गर्ने व्यक्तिको सम्मान हुने वातावरण निर्माण नभएसम्म वास्तविक विकास र समृद्धि सम्भव छैन।

पार्टीमा आबद्ध रहेर उहाँले संगठन विस्तार, जनताका समस्या उठान तथा श्रम संस्कृतिको प्रवद्र्धनमा भूमिका निर्वाह गर्दै आउनुभएको छ। राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता, इमानदार नेतृत्व र जनताप्रति उत्तरदायी राजनीतिक संस्कार आवश्यक रहेको उहाको जोड छ।
राजनीतिक सक्रियताँगै राइको अर्को परिचय समाजसेवीका रूपमा पनि स्थापित छ। शिक्षा, स्वास्थ्य तथा आर्थिक रूपमा कमजोर समुदायको उत्थानका विषयमा उहाले चासो राख्दै आउनुभएको छ।

विशेषगरी विपन्न, असहाय तथा पछाडि पारिएका समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउने, स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई सहयोग गर्ने र समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोग पु¥याउने कार्यमा उहाको सक्रियता रहने गरेको छ।

उहाँ भन्नुहुन्छ, “राजनीति भनेको पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यम मात्र होइन, जनताको दुःख–सुखमा साथ दिने र समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यम हो। श्रमको सम्मान, उत्पादनमा वृद्धि र सबै समुदायको समान अवसर सुनिश्चित गर्न सके मात्रै समृद्ध समाज निर्माण गर्न सकिन्छ।”

बहुधार्मिक तथा बहुसांस्कृतिक समाज रहेको बाकेमा धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्नुपर्ने राइको धारणा छ। विभिन्न समुदायबीच आपसी विश्वास र एकता बलियो बनाउनुपर्नेमा उहाले जोड दिँदै आउनुभएको छ।

  • २१ कार्तिक २०८३, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२