माइती नेपाल बर्दियाको आयोजनामा बिश्व मानब बेचबिखन बिरुद्ध दिबसको अबसरमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध विधालय स्तरिय अभिमुखिकरण गरिएको छ । श्री नेपाल राष्द्रिय शम्भुशरण माबि खैरापुरमा उक्त कार्यक्रम गरिएको हो । बिश्वभर नै यो दिबस मनाइने गरिन्छ । मानब बेचबिखनको अबस्था बढदै गएको र खुल्ला सिमाना भएको कारण महिला तथा बालबालिकाहरु बेचबिखनको उच्च जोखिममा रहेको अभिमुखीकरण जानकारी गराइएको थियो । बेचबिखनको चपेटामा पर्न सक्ने भएको हुँदा मानब बेचबिखन रोकथाम र न्युनिकरण गर्नका लागी कक्षा ११ र १२ का बिधार्थीहरुलाई प्रशिक्षित गरिएको हो ।बिधार्थीहरु मार्फत समुदाय स्तरमा जनचेतना फैलाउने उद्धेश्यले बिधार्थीहरुलाई जिल्लामा मानब बेचबिखनको बर्तमान अबस्था, कानुनी ब्यबस्था, बेचबिखनका कारणहरु, दलालहरुले अपनाउने तौर तरिका, संभावित स्थान तथा बेचबिखनको प्रयोजनको बारेमा जानकारी गराइएको थियो ।
माइती नेपालले आप्नो स्थापना कालदेखि नै मानब बेचविखन तथा ओसारपसार रोकथाम उद्धार र पुर्नस्थापनाका महत्वपुर्ण कार्यहरु गदै आएको छ बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था युवा बिधार्थि अभिभाबक समेत सँग समन्वय गर्दे अगाडी बढिरहेको माइती नेपाल बर्दियाकाे संयोजक गायत्री रिमालले बताउनु भएको छ । बिधालयका शिक्षक कृष्ण प्रसाद कडेलले माइती नेपालले आगामी दिनमा यस्ता कार्यक्रहरुको गर्नुपर्ने खाँचो रहेको औंल्याउनु भयो । यस्तै पुन कार्यक्रमहरु ल्याउन माइती नेपाललाई अनुरोध समेत गर्नु भएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरु तर्फबाट बोल्दै सलमान बेहनाले माइती नेपालले सिकाएको बारेमा परिवार समाज र अन्य साथीहरुलाई समेत जानकारी गराउनुको साथै माइती नेपालले यस्ता कार्यक्रमहरु गर्नुपर्ने भनि धारण राखेका छन् ।























