बर्दियाकाे वन बाट राज्य लाई आर्थिक वर्ष २०८२/२०८३मा ३६कराेड आम्रदानी गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा २८३ समुहको सामुदायिक वन मर्ज गरेर २५४ सामुदायिक वन बनाएकाे समेत जानकारी डिभिजन वन कार्यालयकाे प्नमुख विजय राज सुवेदीले बताउनुभयो। वन विकास गर्ने उद्देश्यले नमुना याेग्य बर्दिया जिल्लाको काे वन व्यवस्थापन गरेको छ । यस वर्षको साढे सात लाख काठ दाउरा उत्पादन सुधार कटान गरेको छ । सामुदायिक वनकाे समुहहरुमा १५हजार हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन गरेको जानकारी डिभिजन वन कार्यालय बर्दियाकाे प्रमुख विजय राज सुवेदीले बताउनुभयो ।
वन काे खाली जग्गा वन व्यवस्थापन तथ्याङ्क संकलन सुसासन समेत गरेकाे जानकारी दिनु भयो। ३६ कराेड ६०लाख आम्दानी राज्यलाई बर्दिया जिल्लाको डिभिजन वनले गरेको छ ।यस वर्षमा ८ कराेड रकम प्रदेशमा संचित भएको छ। मुअ कर ४कराेड ४३लाख छ भने आय कर ४७लाख ८३हजार राज्यलाई जम्मा भएको छ।२ लाख पाँच हजार सिएफटी काठ सामुदायिक वनकाे समुहहरुमा आन्तरिक खपट करिब दुई करोड रकम बराबरको समूहले गरेको छ। काठ दाउरा लिलाम बिक्री वितरणमा पाँच लाख सिएफटी काठ उत्पादान भएको छ । डिभिजन वन कार्यालय बर्दियाले वन विकास कार्यहरूमा मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि ३२समुहमा तारजाली निर्माण गरी करिब ४०किलाेमिटर निर्माण गरिएको जानकारी डिभिजन वन कार्यालय बर्दियाकाे प्रमुख विजय राजले बताउनुभयो। वन कार्यालयले वृक्षारोपण १३समुहमा ३९हेक्टरमा गरेको छ। वन समुहहरुलाई तालिम कार्यक्रम, वन व्यवस्थापन तीव्र गरेको छ ।वन व्यवस्थापन प्रणालीमा आधारित वन सम्बन्धी, वन डढेलो नियन्त्रण सम्बन्धी, मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धी जनचेतनामुलक मुलक कार्यक्रम समेत कार्यालयले मुख्य रुपमा गरी रहेको छ । मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका महिला सशक्तीकरण,गरिबी न्यूनीकरण,वन उड्म वन विकास कार्यक्रममा समुहहरुलाई शसक्तिकरण समेत गरिएको जानकारी डिभिजन वन कार्यालय बर्दियाकाे प्रमुख विजय राज सुवेदीले बताउनुभयो।
वन प्रति सवैकाे चासाे बढे सँगै वन अपराध नियन्त्रणका लागि सराेलारवाला सँग भेटघाट तथाछलफल,अन्तरक्रिया,अनुसन्धान, नियमीत गस्तीमा डिभिजन वन कार्यालय बर्दियाले तिव्रता दिएर अघि बढीरहेको छ। वन कार्यालयले मुख्य रुपमा वन तथा वन्यजन्तु संरक्षण,वन व्यवस्थापन, वन विकास,वन पैदावार बिक्री वितरण,मानव वन्यजन्तु व्यवस्थापन, वन अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण,चाेरी सिकारी नियन्त्रण, गर्दै साथै नियमित गस्ती गरीरहेको जनमुक्ती सामुदायिक वनकाे अध्यक्ष किस्मत ठकुरीले बताउनुभयो। समुह र वनका कर्मचारीहरु सयुंक्त रुपमा वृक्षारोपण गर्ने अनुगमन,चाेरी सिकारी नियन्त्रण गर्ने,बन डढेलो नियन्त्रण चाेरि कटानी नियन्त्रण, वनका माटो नदि जन्य पदार्थको उत्खनन नियन्त्रण, गरीरहेको जानकारी जनचेतना सामुदायिक वनकाे अध्यक्ष वुधराम थारुले बताउनुभयो।






















