४ असार २०८३, बिहीबार
४ असार २०८३, बिहीबार
खजुरा गाँउपालिकामा रोजगार प्रर्वद्धनका लागी सरोकारवालाहरु विच अभिमुखिकरण कार्यक्रम गरेयाे
  • कुश्मा थारु

    ४ असार २०८३, बिहीबार

खजुरा गाँउपालिकाले रोजगार प्रर्वद्धनका लागी सरोकारवालाहरु विच अभिमुखिकरण कार्यक्रम

नेपालगन्ज ः ४असार,आन्तरिक रोजगार प्रर्वद्धनका लागी सरोकारवालाहरु विच अभिमुखिकरण कार्यक्रम मा श्रम संसार प्रणाली सम्वन्धी जनप्रतिनिधि, रोजगारदाता, विद्यालयका प्रधानअध्यापक र उद्यमीहरुसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम आज खजुरामा सम्पन्न भएको छ ।
खजुरा गाँउपालिका रोजगार सेवा केन्द्रको आयोजनामा आज हामी आफैँ बनाउँ खजुरा आत्म निर्भर समृद्ध खजुरा भन्ने मुल नाराको साथमा नेपालको मौलीक हक २०७५ऐनको दफा ८ को उप दफा १ नेपालमा सरकारले रोजगार सञ्चालन गर्न प्रर्बधन गर्दै छ ।
प्रधान मन्त्री रोजगार कार्यक्रम आन्तरिक रोजागार गर्दै युवाहरुलाई श्रमक्षेत्रमा रोजगार प्रर्वद्धन सम्वन्धी सरोकारवालाको भुमिका बारेमा रोजगारशाखाको प्रमुख लोकराज सञ्जालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा प्रशिक्षक बलराम सिक्देलले दक्ष तथा अदक्ष जनशक्ती को विकास गरी आन्तरीक रोजगारी प्रर्बधन गर्ने लक्ष्य रहेको बताउनु भयो ।
लक्ष्य रोजगारीको प्रत्याभुमि मार्फत नागरीकको जीवस्तरमा सुधार प्रधानमन्त्री रोजगार कार्यक्रमको सोच तथा अपेक्षा रहेको बताउनुभयो । न्युनतम रोजगारको सुनिश्चिता उत्पादनशील रोजगारीको अभिवृद्धि न्युनतम रोजगारको अधिकार सुनिश्चिता सरकारको लक्ष्य रहेको उहाँले सहजीकरणमा जानकारी दिनु भयो ।
आन्तरीक रोजगार प्रवद्र्धनले देश भित्र नै रोजगारीको अवसर सिर्जना गर्ने नागरीकलाई काम आय आर्जन जीविको पार्जन बेराजगारी घटाउने स्थानीय अर्थतन्त्रमा सहयोग दिगो विकासमा योगदान दिने योजना रहेकोले विभिन्न सरोकारवाला निकायहरुको महत्वपुर्ण भुमिका हुन्छ भनेर जाेड दिनु भयो।
उक्त विषयमा संघिय सरकारको भुमिका, प्रदेश सरकारको भुमीका ,स्थानीय तहको भुमीका शैक्षीक क्षेत्र, गैरसरकारी सँस्था, निजि क्षेत्र , उद्योग, व्यवासायको,समुदाय र नागरीकको भुमीका आन्तरीक रोजगार प्रवद्र्धनमा महिलालाई प्राथमीकता दिनेवारे जानकारी दिनुभयो ।
सो अभिमुखीकरणमा सिक्देलले सार्वजनीक निजि साझेदारी, श्रम संसार सम्वन्धी प्रणाली,श्रमको मुल्य कसरी दिने भन्ने योजना सरकारले बनाउनुपर्ने वारेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा वडा नम्वर अध्यक्ष २ का वडा धनराम ओलीक्षेत्रीले रोजगारले परिपत्र गर्दै खजुरामा बेरोजगारलाई स्वरोजगार गर्दै जाने नमुना खजुरा बनाउने बताउनुभयो ।
सो कार्यक्रममा उहाँले सरकारी जागरिहरुको पनी विदेशमा गएका छन् । उनीहरुको तथ्याँक खजुरा गाँउपालीकाले आफ्नो पालीकाको कर्मचारीहरुको लिन लागेको बताउनुभयो । उक्त कार्यक्रममा उद्यमशीलता प्रवद्र्धन रोजगारी उन्मुख वनाउने कार्यक्रम र वजेट विनीयोजन गर्ने खजुराकाे योजना रहेको अध्यक्ष क्षेत्रीले बताउनु भएको छ ।

  • ४ असार २०८३, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२