मंगलबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं ८काे सुरजपुरमा गुलरिया नगरपालिका र कारितास नेपालकाे आर्थिक सहयोग २७वटा बाढी प्रभावित भएको व्यक्ति हरुलाई घर निर्माण गरी हस्तान्तरण गरेको कारितास नेपालले गरेको लुम्बिनी प्रदेश प्रमुख तथा काेहलपुरकाे संयाेजक जनक प्रसाद शर्मा ले जानकारी दिनु भयो । उक्त कार्यक्रमकाे घर हस्तान्तरण नगर प्रमुख मुक्तिनाथ यादवले रिबन काटेर घरकाे उद्घाटन गर्नुभएको हो।साे कार्यक्रममा नगर प्रमुखले मुक्तिनाथ यादव र कारितासकाे संयाेजक जनक प्रसाद शर्माले सयुंक्त रुपमा आवासीय घर हस्तान्तरण गर्नुभएको छ। गुलरिया नगरपालिकाकाे र कारितासकाे सहयोग गत वर्षमा समेत २७वटा बाढी प्रभावित भएको व्यक्ति हरुलाई घर हस्तान्तरण गरेको जानकारी फिल्ड कार्यालय बर्दियाकाे प्रमुख नरेन्द्र केसी बताउनुभयो।
















