बाढी प्रभावित घर परिवार काे लागि आपतकालीन जीविकाे पार्जन तथा सुरक्षीत आवास निर्माण परियाेजना अन्तर्गत विपद् जाेखिम न्यूनीकरण का लागी सामुदायीक तयारी विकास अनुसरण तालिम कार्यक्रम बर्दिया काे गुलरिया नगरपालिका वडा नं ८काे सुरजपुरमा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि कारीतास नेपालको संयाेजक नरेन्द्र केसी ले बाढीबाट प्रभावित बस्तीमा बाढीको कृत्रिम घटना अभ्यास तथा आगलागी सम्वन्धी घटनाको कृत्रिम अभ्यासकाे सिमुलेसन गराएको बताउनुभयो । विपद् व्यवस्थापन गर्दै कारीतास नेपाल वाढी पिडित परिवारलाई गुलरिया नगरपालिका वडा नं ८काे सुर्जपुरमा २७वटा घर निर्माणकाे लागि सहयोग गरेको बताउनुभयो। साथै कारीतास नेपालले बर्दिया काे गुलरिया नगरपालिका वडा नं८काे सुरजपुरमा बाख्रा पालन ,कुखुरा पालन, तरकारी खेती गर्नेलाई समेत सहयोग गरेको बताउनुभयो। उक्त कार्यक्रममा प्रशिक्षक सञ्चारी समुह बर्दिया जिल्लाको अध्यक्ष मेनका चौधरीले तथा कार्यक्रमकाे प्रशिक्षकले वाढी पिडित परिवार काे लागि आपतकालीन जीविकाे पार्जन तथा सुरक्षीत आवास निर्माण परियाेजना विपद् जाेखिम न्यूनीकरण का लागी सामुदायीक तयारी विकास अनुसरण तालिम कार्यक्रम बर्दियाकाे गुलरिया नगरपालिकामा भुकम्प, डढेलो, चट्टान, आँधी हुरी बतास, पहिराे असिना अबिरल वर्षा महामारी आगलागी बाढी बाट बाच्न समुदायको लागि तयारी याेजना निर्माण काे विषयमा जानकारी दिनु भयो थियो । साे कार्यक्रममा विपद् जाेखिम न्यूनीकरण गर्न विपद् व्यवस्थापन गर्न सामुदायिक तयारी सम्बन्धी सूचना प्रणाली बलियो बनाउन अनुरोध गर्नु भएको थियो । विपद् आएमा समुदायका लागि सहयोग गर्न अनुरोध गर्नु भएको हाे।साे कार्यक्रम कारीतासकाे सहयोगमा कारीतास नेपालको फिल्ड कार्यालय बर्दियाकाे आयोजना गुलरिया नगरपालिका काे समन्वयमा सम्पन्न भएको हाे।


















