१७ जेष्ठ २०८३, आईतवार
१७ जेष्ठ २०८३, आईतवार
गाेही बेपत्ता भएको परिवारले अझै राहत पाएनन्
  • न्युज डेस्क

    १७ जेष्ठ २०८३, आईतवार

  • गोहीले बेपत्ता पारेका विवश थारूका परिवार अझै राहत पाएनन्    बर्दिया — गोहीको आक्रमणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका–४, राजीपुर निवासी २२ वर्षीय विवश थारूको परिवार ९ महिनासम्म पनि राहत पाएका छैनन् राहत पाउन बाट वञ्चित भएको छ। ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा रहेको कानुनी जटिलताका कारण पीडित परिवारले राहत नपाएको जनाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जले १७ वैशाख २०८३ मा आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, बर्दियाबाट निर्वाचित सांसद ठाकुरसिंह थारू र श्रीधर पोखरेल, मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्तप्रसाद आचार्यले गोहीको आक्रमणबाट बेपत्ता भएका विवश थारूको परिवारले राहत नपाएको विषय उठाएका थिए। मन्त्री गीता चौधरीलाई यस सम्बन्धमा ज्ञापनपत्रसमेत बुझाइएको भए पनि त्यसयता राहत प्रक्रिया अघि नबढेको पीडित पक्षको गुनासो छ।

विवशकी श्रीमती अञ्जली थारूले श्रीमान् गोहीको आक्रमणमा परेपछि परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको बताइन्। “उहाँलाई गोहीले बेपत्ता पारेपछि कमाएर ल्याउने कोही छैन। घरखर्च चलाउन गाह्रो भएको छ। सानो बच्चा छ, आमा बिरामी हुनुहुन्छ। भएको तीन कट्ठा जमिनको उत्पादनले खान मात्रै पुग्दैन,” उनले भनिन्, “निकुञ्जबाट राहत रकम आएको भए केही सहज हुने थियो।”

गत ६ असोज २०८२ मा विवशलाई गोहीले नदीभित्र तानेर बेपत्ता पारेको थियो। घटनापछि बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले करिब दुई महिनासम्म खोजी कार्य गरे पनि विवशको शव फेला पार्न नसकिएको निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए।

‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ अनुसार राहत प्राप्त गर्न पोस्टमार्टम रिपोर्ट, प्रहरी मुचुल्का, मृत्युदर्ता तथा नाता प्रमाणित कागजात अनिवार्य पेस गर्नुपर्ने व्यवस्था छ। तर विवशको शव फेला नपरेकाले आवश्यक प्रक्रिया पूरा गर्न नसकिएको र परिवार राहतबाट वञ्चित भएको जनाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले राहत वितरणमा समस्या रहेको स्वीकार गर्दै भने, “निर्देशिका–२०८० मा भएका व्यवस्थाअनुसार राहत दिन समस्या भएको छ। यसबारे जानकारी गराउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्र पठाएका छौँ।”

मन्त्रीदेखि मन्त्रालयका सचिवसम्मलाई याे विषय जानकारी प्राप्त भएपनि विवश थारूको परिवारले अझै राहत नपाउँदा पीडित परिवार न्यायको प्रतीक्षामा रहेको छ।  विवश काे शव फेला नपरेको

गोहीले बेपत्ता पारेका विवश थारूका परिवार अझै राहतबाट वञ्चित

गेरुवा, बर्दिया — गोहीको आक्रमणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका–४, राजीपुर निवासी २२ वर्षीय विवश थारूको परिवार ९ महिनासम्म पनि राहत पाउनबाट वञ्चित भएको छ। ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा रहेको कानुनी जटिलताका कारण पीडित परिवारले राहत नपाएको जनाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जले १७ वैशाख २०८३ मा आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, बर्दियाबाट निर्वाचित सांसद ठाकुरसिंह थारू र श्रीधर पोखरेल, मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्तप्रसाद आचार्यले गोहीको आक्रमणबाट बेपत्ता भएका विवश थारूको परिवारले राहत नपाएको विषय उठाएका थिए। मन्त्री गीता चौधरीलाई यस सम्बन्धमा ज्ञापनपत्रसमेत बुझाइएको भए पनि त्यसयता राहत प्रक्रिया अघि नबढेको पीडित पक्षको गुनासो छ।

विवशकी श्रीमती अञ्जली थारूले श्रीमान् गोहीको आक्रमणमा परेपछि परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको बताइन्। “उहाँलाई गोहीले बेपत्ता पारेपछि कमाएर ल्याउने कोही छैन। घरखर्च चलाउन गाह्रो भएको छ। सानो बच्चा छ, आमा बिरामी हुनुहुन्छ। भएको तीन कट्ठा जमिनको उत्पादनले खान मात्रै पुग्दैन,” उनले भनिन्, “निकुञ्जबाट राहत रकम आएको भए केही सहज हुने थियो।”

गत ६ असोज २०८२ मा विवशलाई गोहीले नदीभित्र तानेर बेपत्ता पारेको थियो। घटनापछि बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले करिब दुई महिनासम्म खोजी कार्य गरे पनि विवशको शव फेला पार्न नसकिएको निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए।

‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ अनुसार राहत प्राप्त गर्न पोस्टमार्टम रिपोर्ट, प्रहरी मुचुल्का, मृत्युदर्ता तथा नाता प्रमाणित कागजात अनिवार्य पेस गर्नुपर्ने व्यवस्था छ। तर विवशको शव फेला नपरेकाले आवश्यक प्रक्रिया पूरा गर्न नसकिएको र परिवार राहतबाट वञ्चित भएको जनाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले राहत वितरणमा समस्या रहेको स्वीकार गर्दै भने, “निर्देशिका–२०८० मा भएका व्यवस्थाअनुसार राहत दिन समस्या भएको छ। यसबारे जानकारी गराउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्र पठाएका छौँ।”

मन्त्रीदेखि मन्त्रालयका सचिवसम्मलाई याे विषय जानकारी प्राप्त भएपनि विवश थारूको परिवारले अझै राहत नपाउँदा पीडित परिवार न्यायको प्रतीक्षामा रहेको छ।

  • १७ जेष्ठ २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२