हामी आफै बनाउँ हाम्रो खजुरा, आत्म निर्भर समृद्ध खजुरा भन्ने नाराकाे साथमा स्थानीय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन लागि विद्यालय सुरक्षा याेजना तथा पूर्व सुचना चेतावनी प्रणाली विकास सम्बन्धी सामुदायिक विद्यालय दिआरआर सम्पर्क व्यक्ति प्रधानध्यापक व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिलाई दुई दिने अभिमुखीकरण तथा तालिम साेमबार खजुरा गाउँपालिकाले दिएको छ। बृहत विद्यालय सुरक्षा कार्ययोजना तर्जुमा प्रक्रिया र याेजना काे सात चरण याेजना निर्माण काे बारे विस्तृत जानकारी खजुरा गाउँपालिका कार्यालय बाँकेका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले दिनुभयो । साे कार्यक्रममा खजुरा गाउँपालिका लाई विपद पूर्वतयारी प्रतिकार्य योजना तयार गरी विपद व्यवस्थापन कसरी गर्ने भनेर स्कुलका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष,विपद व्यवस्थापन समितिलाई वातावरण तथा विपद व्यवस्थापन शाखा खजुरा गाउँपालिका कार्यालय बाँकेले विपद व्यवस्थापन गर्न विद्यालय सुरक्षा योजना सञ्चालन गरी दृधताकाे साथ लागु गर्न खजुरा गाउँपालिका कार्यालय बाँकेका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले सवै लाई आग्रह गर्नुभयो। विपद व्यवस्थापन शाखाकाे प्रमुख लाेकराज संञ्जालले शब्दावलीकाे बारे बताउनुभयो। साे कार्यक्रममा विद्यालयकाे सुरक्षा योजना र निति निर्माणकाे बारेमा खजुराका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो। मनसुन पुर्व सुचना प्रणाली जल तथा मौसम विज्ञान शाखाले पुर्व तयारी कसरी गर्ने भन्ने बारेमा पुर्व सुचना प्रणाली जल तथा मौसम विज्ञ काेहपपुरकाे प्रमुख राम प्रसाद अवस्तिले बताउनुभयो भएको हाे। कार्यक्रममा सिएसएस प्लान औजार,सिएसएसकाे लेखाजोखा बारेमा युनिसेफका प्राविधिक अधिकृत राजु अधिकारीले बताउनुभयो । दुई दिने तालिममा विपद पूर्वतयारी प्रतिकार्य योजना सञ्चालनकाे लागि सहभागीहरुलाई कृत्रिम अभ्यास समेत गराएको जानकारी शाखा प्रमुख लाेकराज संञ्जाल बताउनुभयो। दुई दिने कार्यक्रम वातावरण तथा विपद व्यवस्थापन शाखा खजुरा गाउँपालिका कार्यालय बाँकेकाे आयोजना कार्यक्रम सम्पन्न भएको हो।
















