१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार
संस्कृति सरंक्षण गदै बर्दियाली कलाकार
  • न्युज डेस्क

    १९ चैत्र २०८२, बिहीबार

थारु सस्ँकृति संरक्षण सन्वन्धी थारु सास्ँकृतिक कार्यक्रम
मेनका चौधरी ः गुलरिया बर्दिया १८ चैत्र  थारु भाषा कला सँस्कृति पहिचान इहिन वचैना वा अमार अभियान थारु सस्ँकृति संरक्षण सन्वन्धी थारु सास्ँकृतिक कार्यक्रम २०८२ आज देखी गुलरिया नगरपालीका वडा नम्वर ५को सुहेलवामा सुरु भएको छ ।
सो कार्यक्रम लुम्विनी प्रदेशको प्रदेश सभा सद राजकुमार थारुको ससंद विकास कोषबाट विनियोजीत रकमले उक्त कार्यक्रम गर्न लागेको जानकारी सभासद थारुले बताउनुभएको हो  । सो कार्यक्रममा  प्रमुख अथिति लुम्विनी प्रद्येशको सभासद राजकुमार थारुले आफु आफ्नो जाती मात्रै नभएर सवै प्रकार जातजाती भाषा धर्म सँस्कृतिको संरक्षणमा अघि वढाउनको लागी  सस्ँकृति संरक्षणको लागी यो कार्यक्रमको लागी  वजेट विनियोजन गरेको बताउनु भयो ।
थारुहरुको लोप हुन लागेकोे परम्परागत नाचगित दफु, सजना, मागर, धुमुरु जस्ता गित वासको  नाचको संरक्षणको लागी नयाँ युवाहरुलाई सिकाउने उद्येश्यले पनि यो कार्यक्रमको महत्व रहेको बताउनु भयो ।
बर्दियाली कलाकार साँस्कृतिक मञ्चको आयोजनामा आज साँस्कृतिक प्रदर्शन  कार्यक्रम सुरु  भएको छ । थारु साहित्य कलाको संस्कृति संरक्षण गर्ने उद्येश्य थारु सस्कृतिको कला प्रर्दशन गर्न बर्दियाका करिव २० वटा समुहहरुले प्रतीस्पधा गर्न लोका छन् । सो कार्यक्तममा नाच तथा गित बाट प्रथम द्धितीय , तृतिय हुनेलाई पुरुषकारको व्यवस्था समेत गरीएको छ । साथै सहभागीहरु भएका अन्य समुहका कलाकारहरुलाई सान्तोना सोरुप यातायातको व्यवास्था गरेको छ । सो कार्यक्रममा स्थानीय कलाकारहरुले परम्परागत तथा  आधुनीक नाच गानको निकै रोचक रुपमा प्रर्दशन गरेका छन् ।
लुम्विनी प्रदेश पर्यटन डिभिजन कार्यालय कोहलपुरको आर्थिक सहयोगमा बर्दियाली थारु कलाकार मञ्च बर्दियाको आयोजना कार्यक्रम दुई दिन सम्म चल्ने छ । सो कार्यक्रममा गुलरिया नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी वडा नम्वर पाँचका वडा अध्यक्ष मुम वहार बम लगायत अन्य पत्रकारहरु स्थानीय कलाकार स्थानीय जनसमुदायको समेत सहभागी रहेको थियो । बर्दियाली कलाकार साँस्कृतिक मञ्चको अध्यक्ष महेश राम थारुको अध्यक्षतामा सञ्चालन भएको छ ।
  • १९ चैत्र २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२