७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
नेपाली कम्युनिस्ट पार्टीका चौधरीद्वारा ९ बुँदे विकास प्रतिबद्धता
  • न्युज डेस्क

    ७ फाल्गुन २०८२, बिहीबार


नेपाली कम्युनिस्ट पार्टीका चौधरीद्वारा ९ बुँदे विकास प्रतिबद्धता

 

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका विष्णु प्रसाद चौधरीले ९ बुँदे विकास प्रतिबद्धता अघि सारेका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट नेकपाबाट उम्मेदवार बनेका चौधरीले विकास, सुरक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै आफ्नो योजना सार्वजनिक गरेका हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो चुनाव चिह्न ‘तारा’ रहेको उल्लेख गरी मतदातासँग सहयोगको अपील गरेका छन् ।

प्रतिबद्धता पत्रमा जब्दीघाट, जुरपानी खोला र अछरिया खोलामा नयाँ पुल निर्माण गर्ने उल्लेख छ। साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नीतिगत सुधार र मानव सुरक्षा योजना लागू गर्ने योजना अघि सारिएको छ ।

त्यस्तै बढैयाताल, सतखलुवाताल र कृष्णसार संरक्षण केन्द्रको संरक्षण तथा विकासका लागि गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने जनाइएको छ । सिकलसेल एनिमिया पहिचान, नियन्त्रण र रोकथामका लागि उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

बारबर्दियास्थित शहीद विष्णुधनी बहुप्राविधिक शिक्षालयमा थप संकाय र प्रविधि विस्तार गरिने, बबई, भादा र मानखोला क्षेत्रमा तटबन्धन कार्यलाई प्राथमिकता दिइने उल्लेख छ ।

यसका साथै बाँसगढीको पूर्वी भागलाई औद्योगिक क्षेत्र घोषणा गरी पूर्वाधार निर्माण गर्ने, गुलरिया–रजनवा नाकालाई मुख्य भन्सार बनाउने तथा लघुवित्त र मिटरब्याज पीडितलाई न्याय दिलाउन नीतिगत पहल गरिने प्रतिबद्धता जनाइएको छ ।

उम्मेदवार चौधरीले “विकास र सुशासनका लागि प्रतिबद्ध रहेको” उल्लेख गर्दै बर्दिया–१ लाई समृद्ध, सुरक्षित र अवसरयुक्त क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । निर्वाचन नजिकिँदै जाँदा बर्दिया–१ मा चुनावी सरगर्मी बढिरहेको छ ।


 

  • ७ फाल्गुन २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२