५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार
घरदैलो अभियानमा सूर्य ढकाल लाइ टिका मालाले स्वागत ,स्थानीयको उत्साहपूर्ण समर्थन
  • न्युज डेस्क

    ५ फाल्गुन २०८२, मंगलवार

(नेपालगन्ज)

बाके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालको घरदैलो अभियानमा स्थानीयको उत्साहपूर्ण समर्थन देखिएको छ । अबिर माला टिका लगाउदै स्थानीयले उनलाइ निर्वाचीत हुने आशिरर्वाद दिएका छन् ।
सादगी नेताको रुपमा चिनिएका ढकाल लाइ अभियानका क्रममा स्थानीय बासिन्दाहरूले ढकालप्रति खुलेर समर्थन जनाउदै आगामी निर्वाचनमा भारी मतान्तरले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोहलपुर नगरपालिका वडा नं. ६ र वडा नं. ५ मा सञ्चालन गरेको घरदैलो कार्यक्रम जनलहरसहित सम्पन्न भएको छ। अभियानका क्रममा स्थानीय बासिन्दाहरूले ढकालप्रति खुलेर समर्थन जनाउँदै आगामी निर्वाचनमा भारी मतान्तरले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घरदैलोका क्रममा नागरिकहरूले विगतमा दिएको मत खेर नजाने गरी जनताको पक्षमा काम गरेको भन्दै ढकाललाई पुनः आफ्नो प्रतिनिधिको रूपमा पठाउने बताएका छन्। इमानदार, निडर र विकासप्रति प्रतिबद्ध नेता का रूपमा स्थापित ढकालप्रति जनविश्वास अझ सुदृढ भएको स्थानीयहरूको भनाइ छ।

वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठसहित स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। सहभागीहरूले क्षेत्र नं. १ मा एमालेको जित सुनिश्चित भएको दाबी गरेका छन्।

उक्त अवसरमा ढकालले जनताको अपार माया, विश्वास र साथले आफू थप जिम्मेवार बनेको उल्लेख गर्दै विकास, सुशासन र समृद्धिको यात्रालाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। उनले क्षेत्र नं. १ लाई नमूना क्षेत्रका रूपमा स्थापित गर्ने अठोट व्यक्त गर्दै जनताको साथ, एमालेको जित भन्ने नारालाई व्यवहारमै उतार्ने बताएका छन्।

 

  • ५ फाल्गुन २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२