१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार
महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर ≤मोहम्मद इश्तियाक राई
  • न्युज डेस्क

    १ फाल्गुन २०८२, शुक्रबार

(नेपालगन्ज)

बाके क्षेत्र नं. २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर भएको बताउनुभएको छ।
नेपालगन्जमा आयोजित बृहत् महिला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले महिलालाई समान अधिकार दिलाउने र सशक्तीकरण गर्ने सवालमा प्रतिनिधिसभाको निर्वाचन महत्त्वपूर्ण खुड्किलो भएको बताउनुभयो । उहाँले महिलाहरूले यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

समान हक, अधिकार प्राप्तिका लागि महिलाहरू स्वयं चनाखो हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिनिधिसभा खास गरी कानुन, नीति–नियम निर्माण र भौतिक पूर्वाधार विकासमा केन्द्रित हुने थलो भएकाले सक्षम उम्मेदवारलाई जिताएर पठाउनु आवश्यक छ ।”

पूर्वमन्त्री राईले आफू विजयी भएमा विगतमा महिला अधिकार र पिछडिएका वर्गको हितका लागि कानुन निर्माण तथा पूर्वाधार विकासमा हासिल गरेको अनुभवलाई थप प्रभावकारी रूपमा उपयोग गर्ने दाबी गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रको सडक, पुल र अन्य भौतिक विकाससँगै भेरी अस्पतालको सेवा–सुविधा विस्तारलाई प्रमुख चुनावी एजेन्डा बनाउनुभएका नेता राईले विकास र सामाजिक सद्भावलाई सँगसँगै लैजाने प्रतिबद्धता दोहो¥याउनुभयो

उहाँले प्रदीप  जीस्वास्थ्यमन्त्री हुँदा आफूले भेरी अस्पतालका लागि करिब सवा तीन अर्ब रुपियाँको योजना स्वीकृत गराए पनि पछि यादव मन्त्रीबाट हटेपछि सो कार्य कार्यान्वयनमा आउन नसकेको गुनासो गर्नुभयो । भेरी अस्पतालको पूर्वाधार निर्माणमा आफ्नो पनि योगदान रहेको चर्चा गर्दै उहाँले अब अस्पतालमा विशेषज्ञ जनशक्ति र आधुनिक उपकरणको अभाव पूर्ति गरी यसलाई विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सो अवसरमा सहभागी महिलाहरूले महिला शिक्षा र स्वास्थ्यका क्षेत्रमा बाँके अझै पछाडि रहेको बताउँदै अधिकार प्राप्तिका लागि थप कानुन निर्माण गर्न उम्मेदवार राईको ध्यानाकर्षण गराएका थिए । भेलामा मधेसी र मुस्लिम समुदायका महिलाहरूको उल्लेख्य उपस्थिति थियो ।

  • १ फाल्गुन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२