१ बैशाख २०८३, मंगलवार
१ बैशाख २०८३, मंगलवार
 दुई कर्मचारीहरुलाई बिदाई
  • न्युज डेस्क

    २३ माघ २०८२, शुक्रबार

बास नेपालले आफ्ना दुई कर्मचारीहरुलाई बिदाई गरेको छ । बास नेपालमा अनुगमन, मुल्याँकन, जवाफदेहिता तथा सिकाई अधिकृतको रुपमा कार्यरत हंश बहादुर शाही र असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बिकलाई बिदाई गरेको छ । आफ्नो व्यक्तिगत कारण जनाई राजिनामा दिएका कर्मचारीद्वयलाई बास नेपालले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

कार्यक्रममा दुबै कर्मचारीलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्यद्वय बसन्ती शर्मा, बब्लु शेष, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारीले सम्मान पत्र प्रदान गरेका थिए । बिदाई भएकि कर्मचारी जानकी बिकले असल शासन मिडियामा ईण्टर्नको रुपमा कार्य शुरु गरि २०७८ साल मंसिर १ गते देखि २०८२ साल पौष सम्म बजार प्रतिनिधिको रुपमा कार्यरत थिईन् भने हंश बहादुर शाही रुम टु रिडको सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रममा १५ सेप्टेम्वर २०२४ देखि ३१ डिसेम्वर २०२४ सम्म प्रशासन तथा लेखा अधिकृतको रुपमा सफलता पूर्बक जिम्मेवारी पुरा गर्नुका साथै हाल द कोकाकोला फाण्डेसनको सहयोगमा बास नेपालद्वारा सञ्चालित हरित नेपालगञ्ज ः सामुदायिक फोहर रुपान्तरण परियोजनामा अनुगमन, मुल्याँकन, जवाफदेहिता तथा सिकाई अधिकृतको रुपमा कार्यरत थिए ।

बिदाई कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य बब्लु शेष, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, लेखा अधिकृत राष्टि बुढा, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, प्रशासकिय अधिकृत शुद्ध चौधरी, कार्यक्रम अधिकृत शोभा थापा मगर कार्यक्रम प्रबन्धक रमिता शाह, बजार प्रतिनिधि दिनेश चौधरी, सामुदायिक सहजकर्ता ज्योती बुढा लगायतले बिदाई हुने कर्मचारीका बारेमा बोलेका थिए । कार्यक्रममा बोल्दै बिदाई हुने कर्मचारी शाही र बिश्वकर्माले संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

  • २३ माघ २०८२, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२