६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार
बाके–२ बाट एमालेको सूर्य चिन्हमा पूर्वमन्त्री तथा जसपाका महासचिव राई उम्मेदवार,राईको उम्मेदवारी संगै बाके–२ को राजनीतिक माहोल तातियो
  • न्युज डेस्क

    ५ माघ २०८२, सोमबार

(नेपालगंन्ज )

जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर राई बाके–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका उनि बिकास प्रेमी नेताको रुपमा परिचय बनाएका राई सूर्य चुनाव चिन्ह लिएर एमालेको टिकटमा चुनाव लड्न थालेका हुन् ।

नेकपा एमाले बाकेका जिल्ला अध्यक्ष निरक गुरुङले पार्टी केन्द्रबाट राईलाई बाँके–२ को उम्मेदवारका रूपमा अघि सार्ने निर्णय भएको जानकारी दिए ।
राई यसअघि २०६४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके–२ बाट निर्वाचित भएका अनुभवी नेता हुन्। उनी २०६४ मा तत्कालीन क्षेत्र नम्बर २ र २०७४ मा यही क्षेत्रबाट निर्वाचित भई पटक–पटक मन्त्री भएका थिए ।

राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार थिए । जसपा नेपालबाट उम्मेदवार बनेका उनी राप्रपाका डा. धवल शमशेर राणासंग पराजित भएका थिए ।

यस क्षेत्रबाट राई निकट प्रदेशसभा सदस्यहरू आदेश अग्रवाल र भण्डारीलाल यादव निर्वाचित भइसकेका छन्। राईको उम्मेदवारी घोषणा संगै बाके–२ को राजनीतिक माहोल थप तातिने संकेत देखिएको छ।

  • ५ माघ २०८२, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२