१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
बाके एमाले अध्यक्षमा किस्मत
  • न्युज डेस्क

    २५ पुष २०७८, आईतवार

डेक्स न्युज :
एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत भएका छन् । झण्डै २ दिनको प्रयासपछि एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।उनि खजुरा गाउपालिकाका अध्यक्ष हुन् ।

अध्यक्ष मण्डलले प्रस्ताव गरेका कक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुङले नाम फिर्ता लिएपछि कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।
शनिबार देखिनै सर्वसम्मत अध्यक्ष भन्दै समाजिक सञ्जालमा बधाई आएपनि कक्षपति आइतबार साझ ४:३० बजे मात्र सर्बसम्मत अध्यक्ष बनेका हुन् ।

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएका थिए ।उपाध्यक्षमा डिल्ली बिसी यसअघि नै सर्वसम्मत भएका थिए । सचिवमा रत्न खत्री र सहसचिवमा महिला तर्फ भुमिश्वरा धिताल निर्बिरोध निर्वाचित भएकी छिन्।

  • २५ पुष २०७८, आईतवार प्रकाशित
  • Nabintech