गुलरिया बर्दिया
(मेरो उडान सम्वाददाता ):२१मसिर,नेपालगन्जको त्रिभुवन चोक बिहानै मजुरी गर्ने महिला मान्छेको भिर खचाखच सुरु हुन्छ । चोकको बढीमा दुई सय मिटरको वरिपरिमा मजुरी गर्ने मानिसहरुको लाइन् छन् । आसपास सडकमा ठेला पसलको छुट्टै माहाेल छ ।
बिहान ६ बजेपछि नेपालगन्जको त्रिभुवन चौकमा सडकभरी सयौंको संख्यामा मान्छेहरुको भेटिन्छन् । हरेक दिन बिहानको समयमा सडक नै ढाक्ने गरि लाग्ने त्यो भिड देख्नेहरु छक्क नै पर्छन् । कुनै आन्दोलन होकी भन्ने भ्रममा पर्छन् ।
उनीहरु हात मुख जोर्न मजदुरीका लागि त्रिभुवन चौकमा यसरी जम्मा भएका हुन् । नेपाली भन्दा सिमापारी बाट मजदुरीका लागि भारतीय नै आउने बढि छन् ।
अहिले मात्र होइन् नेपालगन्जको त्रिभुवन चोक बिभिन्न ब्यक्तिहरुका लागि कामको खोजी गर्ने र काम गर्न जाने माध्यम बन्दै आएको छ ।
सडकमा आवत जावत सम्म गर्न नसकिने गरि जताततै मजदुरहरु कामको आशमा उभिएको देखिन्छन् । सडकमा मात्र होइन कतिपय मजदुरहरु त पसलको सटरमा आड लागेर बसेको देखिन्छ ।
बर्दिया माछागढ प्रकाश चौधरी १५ बर्षदेखि मजदुरीका लागि नेपालगन्जमा आउन थालेको बताए । ‘पहिले काम पाउन् सहज थियो अहिले काम नै पाउन मुस्किल हुने गरेको छ ’उनले भने ,‘ भारतबाट आउने कामदारहरुको संख्यामा बृद्धि हुदै जाँदा आफुहरुले काम पाउन समस्या छ’ भने ।
धेरै वर्षदेखि यो प्रक्रिया चल्दै आएको भएपनि यसको व्यवस्थापनका लागि न त स्थानीय सरकारको ध्यान गएको पाइन्छ, न त अन्य कुनै निकायले व्यवस्थापनमा पहल गरेको पाइन्छ । त्रिभुवन चोकमा लाग्ने भीडले मजदुरहरुका लागि व्यवस्थित ठाउँ बनाउन आवश्यक भएको जोकोहीले महसुस गर्न सक्छन् ।
राजापुर बर्दियाकी रिमा चौधरीले यो महिनाभरिमा २÷३ दिनमात्रै काम पाएको बताइन् । ‘कामको खोजिमा हरेक दिन ६ बजे देखि १० बजे सम्म सडकमा बस्छु, काम नपाएपछि रित्तो हात घर फर्किनुपर्छ ।’ उनले भनिन् ,‘कहिलेकाही काम पाइहाले पनि ४०० रुपैयाको ज्यालामा पानीसम्म पनि नखाएर काम गर्नुपर्छ,’
मजदुरी गर्नेको संख्या धेरै भएपछि मजदुरहरुले सहजै काम पाउने अवस्था छैन ।
रिमाले भनिन, ‘बिहान ६ बजे देखि कामको खोजिमा मान्छे कुरेर बस्नुपर्ने हुन्छ, पसल खुलेपछि भाग, भाग भन्दै लखेट्ने गरिन्छ ।’
नेपालगन्ज क्षेत्रको मात्रै नभइ बाँके, बर्दिया लगायतका जिल्लाहरुबाट र भारतबाट समेत कामको खोजीको लागि त्रिभुवन चोकको प्रयोग हुदै आएको छ । लामो समयदेखि काम खोज्ने माध्यम बनेको भएपनि मजदुरहरुलाई बस्ने व्यवस्था नहुदा सडक र सडक पेटीमा उभिनुको बिकल्प नभएको उनीहरु बताउछन् ।
हरेक दिन सयौंको संख्यामा जम्मा हुने मजदुरहरुलाई बस्ने ठाउको व्यवस्थापन र शौचालयको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ ।
बिहान ६ बजेदेखि १० बजे सम्म काम पाउने आशामा बस्ने मजदुरहरुका लागि शौच गर्ने शौचालय र बस्नका लागि उचित ठाउँको व्यवस्थापन नहुदा त्रिभुवन चोक विहान अस्तव्यस्त हुने गरेको छ ।
केही ब्यक्ति काम गर्ने मान्छेको खोजीमा गएपछि त्यो ब्यक्तिलाई घेर्न भिड नै लाग्ने गर्छ । उचित बस्ने ठाउँको व्यवस्थापन, शौचालय नहुदाँ र काम नपाउने समस्या अहिले मजदुरहरुलाई परेको छ ।
बिहान पसलहरु नखुल्ने बेलासम्म सडकको पेटी र सटरको आडको प्रयोग गरिरहेका मजदुरहरु पसल खुलेपछि भाग्नुपर्ने हुन्छ । मजुदरी गर्न गएकी बर्दियाकाे बार बर्दिया नगरपालिका वडा ११की फुलमानी थारु भन्छिन् ८बजे देखि विहान काम गर्ने जान्छौ साझ ६वजे सम्म गर्छौ घरमा ईट्टा बाेक्ने घर बनाउने काममा गर्छौ बुढाबुढी सँगै काम गर्ने गर्छौ तर बुढाले सात सय मैंले छ सय गरी दिन काे ज्याला गरी दैनीक ८,९ घन्टा काम गर्ने गर्छौ तर दुवै जनाको कमाईले श्रीमान् श्रीमतीको कमाईले घरकाे खर्च पुग्दैन सबै कुरा मँहगो छ। सबै सधैं मजदुरी गर्न काम पनि मिल्दैन लगायत काम पाए महिना १६,१७हहजार हुन्छ एक जनाकाे ज्याला काेठा भरा तिरेर बस्नुपर्ने हुन्छ सबै ठाेक किनेर खाने गर्छौ छाेरा छाेरी पढाई लेखाई खाना खर्च जुटाउन,औषधि उपचार गराउनेको लागि खर्च जुटाउन दैनिक मजदुरी गर्ने गर्छौ तर मजदुरी नपाउँदा सकस हुने गरेको बताउछन । आम्दानीको स्रोत नै ज्याला न्युन मात्रामा पाउने गरेको बताउछन ।अजै भन्ने हाे भने सडकमा काम नपाएर कति दिन त त्यसै बेराेजगार बस्ने गर्दा थाेरैे ज्यालामा नि काम गर्ने गर्छौ उनी भन्छिन्। सरकारले बेराेजगारलाई राेजगारी ग्यारेन्टी गरेको भए हामी महिलालाई अति नै राम्रो हुने थियो तर कसले अनुगमन गर्ने सम्वन्धी निकाय प्रशासन स्थानीय तह नै मौन छ । कथा समस्त्यसै उस्तै छ बाँकेको राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ७की कौसीला चौधरी भन्छिन् विहान उठ्ने वित्तिकै खाना पकाएर खानाले पाेका लिएर उनि सडक पेटी बनाउने काम जान्छीन । उनकाे घर जग्गा जमीन राप्ती नदीले फट्टेपुर गाउँमा रहेको सवै राप्ती नदीले बगाएर लगेपछि उनी हरुको सवै घर परिवार नेपालगन्ज भाडा बस्दै मजदुरी गरेर दुई छाेरा छाेरी लाई पालन पाेसन पढाई लेखाई औषधि उपचार खर्च सबै जुताउन निकै सकस छ उनले भनिन्। मैले दैनिक १०घन्टा काम गर्ने गर्छु तर काम अनुसारकाे ज्याला नपाएको बताउँदै उनले भनिन् मेरो घरमा म बिरामी भए मेरो चुलो बन्द हुन्छ मेरो छाेरा छाेरी काे लागि आफ्नो खर्च जुटाउन दैनिक मजदुरी गरेर जुटाई रहेको छु तर मजदुरी नपाएको दिन घरमा बस्दा सारै गाह्रो हुन्छ हामी लाई स्थानीय सरकारले बाढी पिडितलाई प्रभावित भएको हरुलाई सीप मुलक तालिमकाे व्यवस्था गरिदिएको छैन बासकाे बासँकाे व्रायवस्था गरीदिएकाे भए राम्रो हुन्थ्यो तर गाउँपालिकाले अनुगमन समेत गर्दै हाम्रो बाँसकाे समेत व्यवस्था गर्न गाह्रो छ तिन हजार काेठा भरा तिरेर बसी रहेको छौं उनले भनिन् म निकै सकसमा छु । छाेरा छाेरी कसरी पढाउने भनेर एक त काम गर्न कामकाे खाेजीमा गरेर काम गर्ने गयाे भने नि कहिले ठेकेदार नै ठक्छन कहिले काम धैरे गराउने र कहिले ज्याला कम दिने कहिले ज्याला नदिएर धेरै दिन अझाउने ठग्ने ज्याला नदिएर भागेर जाने प्रवृत्ति छ हामी साेझाे थारु हरुलाई सीप विकास तालीम दिएको भए नपढेको महिलाले वा पुरुषहरुलाई यस्तो समस्या बाट मुक्त हुन गराउनकाे लागी गरिब हरुलाई सानाे सानो व्यापार गर्न सक्लाने गरी निशुल्क सीप मुलक तालिमकाे व्यवस्था गरिदिएको जिविकोपार्जनकाे लागि आर्थिक सहयोग गर्थ्यो भन्ने आशा राम्रो हुन्थ्यो उनले भनिन्।











