२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
बाघको आक्रमणबाट एक महिला घाइते
  • न्युज डेस्क

    २१ पुष २०७८, बुधबार

डेक्स न्युज ः
बाकेको राप्ती सोनारी-४ स्थित गौरी सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । सामुदायिक वनमा पात टिप्न गएकी स्थानीय ३० वर्षीया दुर्गा थारु घाइते भएकी हुन् । उनको राप्ती सोनारी अस्पतलामा उपचार भइरहेको छ ।

पातको लहरा काटिरहेको बेला थारुलाई बाघले आक्रमण गरेको थियो । पात काट्न प्रयोग हुने खुर्पाले बाघलाई आक्रमण गरेपछि आफू जोगिएको उनले बताइन् । थारुको हात र खुट्टामा बाघको नंग्राले घाउ भएको छ ।

राप्ती सोनारी गाउँपालिकाको सामुदायिक वनमा जानेहरुलाई बाघले आक्रमण गरिरहेको छ । केही दिनअघि वडा नम्बर ५ स्थित समय भवानी सामुदायिक वन छेउको आलीनगर बस्ती बाघले आक्रमण गर्न थालेपछि सर्वसाधारणहरुले महा बजाएर धपाएका थिए । बस्ती भएको क्षेत्रमा बाघको चहलपहल देखिएपछि निकुञ्ज प्रशासनले त्यस क्षेत्रमा हात्ती परिचालन गर्दै आएको छ ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२