२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार
‘तपाईंहरू अब आफै विचार गर्नुस्। परिवर्तन रोज्ने कि फेरि उही पुरानो शासकीय व्यवस्था’:  इश्तियाक राई
  • न्युज डेस्क

    २६ कार्तिक २०७९, शनिबार

२६ कात्तिक बाँके।

केहीबेरदेखि कुरिबसेका हलभरि खचाखच युवाले उनि हलभित्र छिर्नासाथ ‘हुटिङ’ सुरू गरे।

हलभित्र छिर्नासाथ जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद सम्बोधन सुरू गरे।

बिहानै सबेरैदेखि चुनावी सभा र घरघरमा पुगेर मतदाताहरूलाई सम्बोधन गरिरहेका उनी साँझपख नेपालगन्जका युवाहरूको भेलामा पुगेका थिए।

हलभरि खचाखच युवाहरूमाझ उनले आफ्नो ‘तन्नेरी’ उमेर सम्झिएर भने ‘मलाई पनि मेरो त्यही युवा उमेर याद आइरहेको छ।’

२८ वर्षको उमेरमै सांसद भएका राई २०६४ सालतिर मधेस आन्दोलनका अगुवा थिए। लगत्तै भएको पहिलो संविधानसभाको निर्वाचन लडेर जितेका उनी संसद भवन छिर्दा जम्मा २८ वर्षका थिए।

त्यो समयको स्मरण गर्दै राईले भने ‘तन्नेरी उमेरमै संसद छिरेको मैले युवाका भावना र चाहनालाई राम्रोसँग बुझ्नसक्छु।’

राईले हरेक चुनाव आफैंमा एउटा सैद्धान्तिक महत्व बोकेको हुने भएपनि यसपालिको निर्वाचन त्यो पनि बाँके क्षेत्र नं २ मा झन् धेरै महत्वपूर्ण भएको बताए।

‘किनकि यो चुनाव भनेको हामीले आफ्नो तन्नेरी उमेरमा रगत बगाएर ल्याएको शासन व्यवस्था जोगाउने र फेरि पुरानै व्यवस्था फर्काउन चाहिरहेका बीच हुँदैछ’ उनले हलभरिका युवाहरू सम्झाए ‘तपाईंहरू अब आफै विचार गर्नुस्। परिवर्तन रोज्ने कि फेरि उही पुरानो शासकीय व्यवस्था।’

युवाहरूको क्षमता अभिवृद्धि र स्वरोजगार तथा रोजगारीका लागि आफूले संसद र सरकारमा नीतिगत व्यवस्थालाई अझ प्रभावकारी बनाउन भूमिका निभाउने प्रतिवद्धता व्यक्त गर्दै राईले युवाहरूलाई भविष्य भन्दा पनि वर्तमान रोज्न आग्रह गरे।

‘भनिन्छ युवा देशको भविष्य हो। तर म भन्छु युवा भनेको वर्तमान हो। देशको वर्तमान बनाउने हो। युवाले आफ्नो वर्तमान रोज्ने हो। भविष्य त्यत्तिकै उज्ज्वल हुन्छ’ राईले भने ‘तपाईंहरूले अब भविष्य होइन वर्तमान रोज्नुस्। विकासलाई रोज्नुस्। समृद्ध अनि भाइचारायुक्त आफ्नो समाजलाई रोज्नुस्।’

आफ्ना प्रतिस्पर्धीहरूलाई राईले युवा मतदातामाझ धर्म र सम्प्रदायको मुद्दाको भ्रम छरेर ‘मन्द’ विष खुवाइरहेको आरोप लगाए।

‘यो भनेको मन्द विष नै हो। आजका सचेत युवाहरू यस्ता भ्रम र अफवाहमा अल्झिनुहुन्न। विकास र वर्तमानका संवाहक युवाले हामीले गरेका काम र अब गर्ने कामहरूको मूल्याङ्कन गरेर मतदान गर्नुहोस्’ उनले भने ‘यो तपाईंहरूको उत्कृष्ट विवेक प्रयोग गर्ने बेला हो। भ्रम र हल्लाको पछि दौडिएर आफ्नो समय खेर नफाल्नुहोस्।’

उक्त कार्यक्रममा १०० भन्दा धेरै युवाहरू जसपामा प्रवेश गरेका थिए। त्यस्तै शनिबार बिहानैदेखि सुरू भएको जसपाको घरदैलो तथा चुनावी कोणसभाहरूमा विभिन्न पार्टी परित्याग गरेर २०० भन्दा धेरै जसपामा प्रवेश गरेका थिए।

उनीहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले जसपाप्रति आम मतदाताले देखाएको उत्साह र विश्वासमाथि कुठाराघात नगर्ने अठोट गरेका थिए।                                                                       

  • २६ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२