२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
१६ नेपाली बालककाे उद्वार
  • न्युज डेस्क

    ३१ भाद्र २०७९, शुक्रबार

नेपालगन्ज – जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।

भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनर्स्थापना गृह र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधवार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनर्स्थापनास्था गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो ।                                                p

उहाँका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पुर्‍याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनः स्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेसनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।”

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांश १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको छ ।

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२