२० असार २०८३, शनिबार
२० असार २०८३, शनिबार
न्यायीक समिति सम्बन्धी सर्वपक्षीय चिन्ता व्यक्त

डिजिटल मैत्री गुलरिया बन्दै

  • कुश्मा थारु

    २० असार २०८३, शनिबार

२०असार गते : गुलरिया नगरपालिकाकाे न्यायीक समितिमा सम्बन्धी सर्वपक्षीय चिन्ता व्यक्त गरेका छन् । विकास सम्वृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियान भन्ने नाराकाे साथमा न्यीयक समिति सञ्चारकर्मी र संघसंस्था तथा सराेकारवाला विचकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा शुक्रबार गुलरिया नगरपालिकाको उपमेयर सावित्रा गौतमले आफुहरु छिटो छरितो र जनप्रिय न्याय सम्पादन गर्दा ४४ वटा मुद्दा यस वर्षमा फर्छ्यौट गरेको बताउनुभयो।
कार्यक्रममा गुलरिया नगरपालिकामा हरेक शुक्रबार न्यायीक समितिको इजलास सञ्चालन हुने जानकारी दिँदै स्थानीय तहमा उत्पन्न हुने विवादलाई मेलमिलापमार्फत समाधान गर्दै नागरिकलाई सहज, छिटो र प्रभावकारी न्यायिक सेवा प्रदान गर्न समिति निरन्तर सक्रिय रहेको बताइएको थियो।अन्त गरेको समेत छ भन्दै बितिय प्रगतिमा उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ लेखा अधिकृत रुपसिहँ खत्रीले वित्तीय ८० प्रतिशत प्रगति गरेको बताउनुभयो । उहाँले थप भन्नु भयो गुलरियाले १देखि १२सम्म‌ कक्षा सम्म सामुदायिक विद्यालयमा निशुल्क शिक्षा लागू गरेको बताउनुभयो। नगरपालिकाले नगर शिक्षक व्यवस्था, शिक्षक बैंक स्थापना गरिएको छ। नगरपालिकाले पारदर्शीताको गर्दै आर्थिक वर्ष २०८२/२०८३ मा चालु पुँजी गत तर्फ ९० प्रतिशत प्रगति गरेको छ साथै उहाँले भन्नुभयो गरिबहरुको लागि निशुल्क स्वास्थ उपचार सहयोग पुर्याउने उद्देश्यले निशुल्क एम्बुलेन्स, गरिवहरुलाइ निशुल्क सवबाहानकाे नगरपालिकाले व्यवस्था गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३मा चालु पुँजीगत तर्फ ९०प्रतिशत प्रगति गरेको छ । गुलरिया नगरपालिका १० वटा वडा कार्यालयहरु निर्माण गरेको छ। स्थानीय स्तरमा विपद् व्यवस्थापन समेत गरेकाे खत्रीले बताउनुभयो। साे कार्यक्रममा न्यायिक शाखा प्रमुख कपील घिमिरे न्याय तथा कानुनी शाखाले न्याय सम्पादन गर्दा धेरै मुद्दा फर्छ्यौट गरेको तथा मेलमिलाप गरेकाे जानकारी दिनुभयो।२०८२/२०८३मा ४४वटा मुद्दाहरु फर्छ्यौट गरेको छ। मेलमिलाप माफर्त विभिन्न मुद्दामा समस्या समाधान समेत गरेकाे छ। देवानी मुद्दा हेर्ने तथा फौजदारी मुद्दा फर्छ्यौट गरेको छ।बर्दियाको गुलरिया नगरपालिकाको न्यायीक समितिले सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिबीच अन्तरक्रिया साे कुरा जानकारी दिनु भयो हाे।

नगरपालिकाकी न्यायीक समिति संयोजक तथा उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुन शाखा प्रमुख कपिल घिमिरेले आर्थिक वर्ष २०८२/८३ को न्यायीक समितिको कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा गुलरिया नगरपालिकामा हरेक शुक्रबार न्यायीक समितिको इजलास सञ्चालन हुने जानकारी दिँदै स्थानीय तहमा उत्पन्न हुने विवादलाई मेलमिलापमार्फत समाधान गर्दै नागरिकलाई सहज, छिटो र प्रभावकारी न्यायिक सेवा प्रदान गर्न समिति निरन्तर सक्रिय रहेको बताइएको थियो।अन्तरक्रियाका क्रममा सञ्चारकर्मी तथा संघ–संस्थाका प्रतिनिधिहरूले न्यायीक समितिले दुबै पक्षको चित्त बुझ्ने गरी निष्पक्ष मेलमिलाप गराउनुपर्ने, कुनै दबाब वा बहानामा मेलमिलाप नगराउनुपर्ने सुझाव दिएका थिए। साथै न्यायिक समितिको कामलाई अझ पारदर्शी, जनमैत्री र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, सञ्चारमाध्यमसँग समन्वय तथा नियमित सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा उठेका जिज्ञासा र सुझावको जवाफ दिँदै उपप्रमुख गौतमले संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार न्याय प्रशासनलाई छिटो, सरल, सुलभ, सस्तो, प्रभावकारी र जवाफदेही बनाउने दिशामा न्यायिक समिति प्रतिबद्ध रहेको बताउनुभयो।
प्रतिवेदनअनुसार समितिले आर्थिक वर्ष २०८२/८३ मा स्थानीय स्तरमै न्यायीक सेवा उपलब्ध गराउँदै मेलमिलापमार्फत विभिन्न विवाद समाधान गरेको, महिला तथा पछाडि परेका समुदायको न्यायमा पहुँच बढाएको तथा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
उहाँ ले थप भन्नु भयो जटिल प्रकृतिका मुद्दा समाधान, फैसला कार्यान्वयन र कानुनी जनचेतनाको कमी प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। आगामी दिनमा कानुनी सचेतना अभियान विस्तार गर्ने, महिला तथा बालबालिकाको हितमा विशेष कार्यक्रम सञ्चालन गर्ने र डिजिटल रेकर्ड प्रणाली लागू गर्ने योजना समितिले सार्वजनिक गरेको बताउनुभयो।

  • २० असार २०८३, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२