२४ जेष्ठ २०८३, आईतवार
२४ जेष्ठ २०८३, आईतवार
खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरियो

खोज तथा उद्धार सहयोग समाग्रीहरु* हस्तान्तरण

  • मेनका चौधरी

    २४ जेष्ठ २०८३, आईतवार

प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गुलरिया नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० लाई गुलरिया नगरपालिका का नगरप्रमुख श्री मुक्तिनाथ यादव ज्यू, प्रमुख प्रशासकीय अधिकृत, विपद सम्पर्क ब्यक्ति वडा अध्यक्षहरु र (वि ‐ ग्रुप) संस्थाका अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी, परियोजना संयोजक श्री हेमन्त राज जोशी र परियोजनाका अरु कर्मचारीहरुको उपस्थितिमा बाढी तथा आगलागीजन्य विपद प्रतिकार्यका लागि वडा स्तरिय विपद ब्यबस्थापन समितिको क्षमता अभिवृद्धिको लागि खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको जानकारी ऋच्ए परियोजनाका कर्मचारी श्री डिल्ली राम थारुले बताउनुभएको छ ।
*खोज तथा उद्धार सहयोग समाग्रीहरु*
Commercial chain saw – 1 set
Fire Extinguisher – 2 set
Life Jacket – 5 pcs
Hand mike – 1 set
Safety Boot – 5 pair
Safety Helmet – 5 pcs
Stretcher – 2 pcs
Torch light – 4 pcs
Shovel – 2 pcs
Working Gloves – 5 pair
Rescue Rope – 1 Bundle
Metal Box – 1 pcs
यस्तै प्रकारले प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं. ५, ६, ७, ८, ९ र १० लाई बारबर्दिया नगरपालिका का नगरप्रमुख श्री छबीलाल थारु ज्यू , प्रमुख प्रशासकीय अधिकृत, विपद सम्पर्क ब्यक्ति वडा अध्यक्षहरु र (वि ‐ ग्रुप) का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी, परियोजना संयोजक श्री हेमन्त राज जोशी र परियोजनाका अरु कर्मचारीहरुको उपस्थितिमा बाढी तथा आगलागीजन्य विपद प्रतिकार्यका लागि वडा स्तरिय विपद ब्यबस्थापन समितिको क्षमता अभिवृद्धिको लागि खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको जानकारी ऋच्ए परियोजनाका अधिकृत श्री असोक चौधरीले बताउनुभएको छ । साथै बारबर्दिया नगरपालिका वडा नं. ४ को बैरिया र जगतिया सामुदायिक विपद ब्यबस्थापन समितिलाई खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको श्री डिल्ली राम थारुले बताउनु भएको छ ।
प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गुलरिया नगरपालिका ७ वटा सहकारीहरुलाई गुलरिया नगरपालिका का नगरप्रमुख श्री मुक्तिनाथ यादव ज्यू , प्रमुख प्रशासकीय अधिकृत, विपद सम्पर्क ब्यक्ति वडा अध्यक्षहरु र (वि ‐ ग्रुप) का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी, परियोजना संयोजक श्री हेमन्त राज जोशी र परियोजनाका अरु कर्मचारीहरुको उपस्थितिमा किसानहरुको उत्थानशीलको लागि बाढी बिमा कार्यक्रम सुचकाङ्कमा आधारित बाढी विमा कार्यक्रम अन्तर्गत १÷१ वटा झोला सहित प्रति सहकारीलाई १ वटा ल्यापटव् र १ वटा प्रिन्टर सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको जानकारी परियोजनाका कर्मचारी श्री डिल्ली राम थारुले बताउनुभएको छ । सहयाेगगरी सहकारीसँस्था
१) श्री मिलीजुली कृषि सहकारी संस्था लि. २) श्री दिगोपन सामजिक उद्यामी महिला सहकारी संस्था ३) श्री बबई कृषि सहकारी संस्था ४) श्री जगदम्बा कृषि सहकारी संस्था ५) श्री श्रृखला महिला विकास बहुउद्देश्शीय सहकारी संस्था ६) श्री चन्द्रकिरण साना किसान कृषि सहकारी संस्था ७) श्री दिर्घाकालीन महिला कृषि सहकारी संस्था लिमिटेडलाई सामाग्री वितरण गरिएको थियो।

  • २४ जेष्ठ २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२