४ जेष्ठ २०८३, सोमबार
४ जेष्ठ २०८३, सोमबार
महिला उद्यमी बनाउदैँ खजुरा गाउँपालिकाले ढकिया बुन्नाई तालिम दियो

सिप सिदै आत्म निर्भर बन्दै खजुरा मा स्थानीय महिला

  • मेनका चौधरी

    ४ जेष्ठ २०८३, सोमबार

खजुरा गाउँपालिकामा हाेमस्टे प्रबन्ध गर्ने उद्देश्यले नमुना गाउँ विकास कार्यक्रम अन्तर्गत थारुहरुकाे हस्तकला ढकिया बुन्नाई तालिमबाट  सिप सिकाउ   आत्मनिर्भर बनौं  भन्ने  नाराले साथमा विकासकाे लागि हाम्रो प्रयास नेपाल बर्दियाले १५दिने तालिम दिएको छ।      उक्त कार्यक्रममा खजुरा गाउँपालिकाकाे  अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डम्बर बहादुर विक तुफानले कार्यक्रमकाे समापन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो  थारुहरुकाे हस्तकला ढकिया बुनाई, पतकी बुनाई ,हाेजेरी तालिम , हाेमस्टे प्रबन्ध गर्नकाे लागि नमुना गाउँ खजुरा गाउँपालिका वडा नं ६गर्ने याेजना रहेकाले यो तालिम दिएको बताउनु भयो। तालिम बाट आर्थिक रुपमा सशक्त बनाउने आत्मनिर्भर बनाउन खजुरा गाउँपालिका प्रमुख याेजना बनाएकाे बताउनुभयो।                                             कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले गाउँले महिला हरु उद्यम विकास तालिम बाट  आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यले ढकिया बुन्नाई, दल गुडिया निर्माण ,बुटिक तालिम, हाेटल मेनेज मेन्टेन अचार बनाउने, सिन्कि बनाउने, तालिम काेसी घर निर्माण गर्ने, तालिम दिएर महिला हरुको आर्थिक रुपमा आम्दानी बढाउने र स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले, नमुना गाउँ विकास कार्यक्रम अन्तर्गत याे तालिम दिएको बताउनुभयो। उक्त कार्यक्रममा खजुरा गाउँपालिकाकाे  आर्थिक सहयोग विकासकाे लागि हाम्रो प्रयास नेपाल बर्दिया काे आयोजना गरिएको तालिममा प्रशिक्षक निरु चौधरीबाट हस्तकला ढकिया बुन्नाई तालिम बाट  आफुहरुले हत्केस,पेनहाेल्डर,मेकपदानी, फुलदानी,फेरुवा, ढकिया बुन्न सिक्न पाउँदा र कार्यक्रमबाट पुरुस्कार पाउँदा निकै नै खुसी भएको पार्वती चौधरीले बताउनुभयो।साे कार्यक्रममा सहभागीहरुलाई पुरुषकार तथा प्रमाणपत्र पत्र समेत वितरण गरिएको थियो ।उक्त कार्यक्रमको आयोजना विकास काे लागि हाम्रो प्रयास नेपाल बर्दियाको अध्यक्ष मेनका चौधरी काे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

  • ४ जेष्ठ २०८३, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२