बर्दियामा विरोध प्रदर्शन, वन कार्यालयको सूचना फिर्ता गर्न माग , गर्दै गएको चुनावमा चुपचाप घन्टी मा छाप लगाएका जनता लाई बालेनले गर्न लागे उठिबास आफैभाेट हालेका ले आफै सर्वत्र विराेध प्रदर्शन मा छन्।
बर्दिया,वैशाख २१ गते गुलरियामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले विरोध प्रदर्शन गरेका छन्। डिभिजन वन कार्यालय, बर्दियाले बस्ती खाली गर्न जारी गरेको १५ दिने सूचनाको विरोधमा उनीहरूले खबरदारी गरेका हुन्।
जिल्लाका आठवटै पालिकाबाट हजारौंको संख्यामा आएका पीडितहरू गुलरियास्थित बसपार्क नजिक भेला भई ब्यानर–प्लेकार्डसहित नाराबाजी गर्दै ¥याली निकालेका थिए। ¥याली राधाकृष्ण चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो।
प्रदर्शनपछि विभिन्न संघ–संस्थाको संयुक्त टोलीले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको छ। ज्ञापनपत्रमा जिल्ला भूमि अधिकार मञ्च, अखिल नेपाल सुकुम्बासी संगठन, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, मुक्तकमैया भूमि अधिकार संघर्ष समिति र संयुक्त भूमि अधिकार संघर्ष समितिको सहभागिता रहेको थियो।
उनीहरूले डिभिजन वन कार्यालयबाट वैशाख १४ गते जारी गरिएको बस्ती खाली गर्ने १५ दिने सूचना तत्काल फिर्ता लिन माग गरेका छन्। साथै, भूमि ऐन २०२१ को आठौं संशोधन अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई बसोबास गरिरहेको स्थानमै व्यवस्थापन गर्नुपर्ने ज्ञापन पत्रमा माग रहेको छ ।
त्यसैगरी, वन ऐन २०७६ र निकुञ्ज ऐन २०४९ संशोधन गरी दीर्घकालदेखि बसोबास भएका बस्तीलाई आवासीय क्षेत्रमा परिणत गर्न तथा राष्ट्रिय भूमि आयोगको कामलाई तीव्रता दिनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
















