९ बैशाख २०८३, बुधबार
९ बैशाख २०८३, बुधबार
पाल्पाली मिलन केन्द्रको भित्ते पात्रो विमोचन
  • न्युज डेस्क

    ९ बैशाख २०८३, बुधबार

(नेपालगंन्ज )

पाल्पाली मिलन केन्द्र बाकेले नया वर्षको अवसर पारेर शुभकामना आदान प्रदान गरेको छ । सो अवसरमा नयावर्ष २०८३ सालको पात्रो औपचारिक रूपमा विमोचन गरिएको थियो।बुधबार नेपालगंन्जमा पाल्पाली मिलन केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सल्लाहकारहरूसंग परीचयात्मक कार्यक्रम गर्दै छलफल समेत गरएएको थियो ।


कार्यक्रममा केन्द्र संग आबद्ध सदस्यहरू, सल्लाहकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सल्लाहकारहरुले शुभकामना दिदै संस्थालाई थप प्रभावकारी र सक्रिय बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले संस्थाको भावी योजना, सामाजिक गतिविधि तथा समुदायमा गर्न सकिने कार्यहरूबारे सुझाव समेत दिएका थिए।


केन्द्रले यस्ता कार्यक्रमले आपसी समन्वय, सहकार्य र संस्थागत मजबुतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्
पाल्पाली मिलन केन्द्र बाकेका अध्यक्ष थानेश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार बसन्त गौतम ,गोविन्द प्रसाद रेग्मी ,रूपा गहतराज नारायणी घिमिरे ,विष्णु प्रसाद श्रेष्ठ निवर्तमान अध्यक्ष तथा सल्लाहकार माधव प्रसाद पोखरेलले सिर्जनात्मक तथा सामाजिक उत्तरदायी कार्यक्रम गरेर पाल्पाली केन्द्रले आफनो पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम केन्द्रका सचिव सबिन लुइटेलले सञ्चालन गरेका थिए ।

 

  • ९ बैशाख २०८३, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२