(नेपालगन्ज)
बँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरेको हो ।
सो क्रममा ब्रहाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीले उम्मेदवार कोइरालालाई स्वागत तथा सम्मान गर्दै आर्शिवाद दिएकी थिइन् । ‘भोलेनाथ (भगवान शिव)ले तपाईलाई आजको यो विशेष दिनमा शक्ति प्रदान गर्नु भएको छ, तपाईलाई हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई र आर्शिवाद छ ।’
उक्त कार्यक्रममा विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीसहित बाकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, अन्तर धार्मिक सद्भाव मञ्चका संयोजक एवम बागेश्वरी मन्दिरका मुल महन्त चन्दनाथ योगी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
यसैबीच युवा उम्मेदवार कोइरालाले आइतबार नै बागेश्वरी मन्दिर परिसरमा रहेको जंगुे महादेव मन्दिर र डुडुवा गाउाँलिका वडा नम्बर ५ पदमपुरमा रहेको शिव मन्दिरको पनि दर्शन गरेका छन् ।















