२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार
पूर्वाधार निर्माणलाई प्राथमिकता
  • न्युज डेस्क

    २० माघ २०८२, मंगलवार

नेपालगन्ज।

बाँके क्षेत्र नं २ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले पूर्वाधार विकास, कानुन निर्माण  र सामाजिक सद्भावलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको छ। सडक र पुलहरूको निर्माणले यहाँको भूगोललाई आपसमा नजिक्याउने र व्यापार-व्यवसाय पनि चलायमान हुने भएकाले आफूले सुरुदेखि नै पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर हिडेको उम्मेदवार राईको भनाई छ।

वडा नं ५ र ६ मा नेकपा एमालेको वडा कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका राईले भेरी अस्पतालमा सेवासुविधा विस्तार गर्न पनि आफूले पहल गरिरहेको बताउनुभयो। २०७४ सालमा निर्वाचित भई केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री हुँदा आफूले बाँकेको विकासका लागि गरेका कामहरू स्मरण गर्दै वहाँले आफू फेरि निर्वाचित भएर मन्त्री बनेमा यो क्षेत्रको विकासका लागि अर्को अवसर हुनसक्ने दाबी गर्नुभयो।

सामाजिक सद्भावलाई बढावा दिन पनि आफ्नो जित जरूरी रहेको राईको भनाई थियो। ‘म ५ वर्ष सांसद रहँदा यहाँ कुनै पनि साम्प्रदायिक र जातजातिगत तनाव हुन दिएन। तर २०७९ मा मेरो पराजयपछि कसरी धार्मिक सद्भावलाई धुजाधुजा पार्ने प्रयास गरियो भन्ने तपाइँहरूलाई थाहै छ।’, राईले भन्नुभयो।

मल फ्याक्ट्री खोलिदिन्छु भनेर यसअघि विजयी भएका उम्मेदवारले जनतालाई ठगेको पनि राईको भनाई थियो। वहाँले आफूले झुठो आश्वासन दिन नजानेको बताउँदै किसानहरूको मलको समस्या आफूले राम्रोसँग बुझेको र त्यसका लागि निर्वाचित भएपछि नीतिगत र कानुनी व्यवस्था गर्न आफू लागिपर्ने बताउनुभयो।

  • २० माघ २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२