२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन
  • न्युज डेस्क

    १५ माघ २०८२, बिहीबार

(नेपालगंन्ज )

जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा बिहिवार आयोजना गरिएको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएका छन् ।उनले निर्वाचन आचारसंहिताको उल्लङघनमा शुन्य सहनशिलताको निति अवलम्बन गर्ने बताए । बैठकमा सहभागी तिनैवटा क्ष्ोत्रका दलका प्रतिनिधि र उम्मेदवारहरूलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचनको निष्पक्षतामा शङ्का गर्ने ठाउ नराख्न आग्रह गरे ।

२०४८ सालदेखि ८२ सालसम्मको निर्वाचनमा आईपुग्दा समयक्रमसंगै निर्वाचन निकै समृद्व र मर्यादित हुदै आएको उनको भनाई थियो । उनले जिल्लाको भौगोलिक र सुरक्षा संवेदनशीलताका कारण देखिन सक्ने व्यावहारिक कठिनाइहरूबारे दलहरूलाई आश्वस्त पार्नुका साथै एकिकृत सुरक्षा योजना सन्चालनमा रहेको जानकारी समेत दिए ।


बाके जिल्लाका प्रमुख निर्वाचन आयुक्त दिपक कुमार दाहालले सबै उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्नका लागि अपिल गरे । साथै उनले विचारधारा फरक भएपनि अहिलेको सबैको धर्म भनेको सभ्य र मर्यादित रुपले निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरे ।
४ गतेभन्दा अघि प्रचारप्रसारको कुनै पनि काम गर्न नगर्नका लागि समेत जानकारी दिदैं उनले सबै दल तथा स्वतन्त्र उम्मेद्वारहरुबाट आचारसंहिता उल्लङ्घन गर्दैनौं भन्ने प्रतिबद्धताको माग समेत गरेका थिए ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, पारदर्शि र धाँधलीरहित बनाउन बाँके प्रशासनले सक्रियता बढाएपनि दलका प्रतिनिधिहरुले निर्वाचन प्रचार–प्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनहरूको प्रयोग खुलेआम भइरहेको तथा प्रचार सामग्रीको व्यापक दुरुपयोग समेत देखिएको बताएका छन् ।

बिशेष गरी सत्ता र शत्तिमा भएका दलहरुका प्रतिनिधिहरुले आचारसंहिता पालना नगरेको भन्दै प्रशासनले समेत उनिहरुलाइ सहयोग गरेको आरोप लगाए । यस्तो अवस्थामा मुख्य निर्वाचन कार्यालयबाट प्रभावकारी अनुगमन नहुनु दुखद भएको उनीहरूको भनाइ थियो ।
उनीहरूले आचारसंहिता बनाइए पनि त्यसको उल्लंघन गर्नेहरूलाई कस्तो कारबाही हुने, कस्तो दण्डको व्यवस्था छ भन्ने कुरा व्यवहारिक रूपमा कार्यान्वयन नभएको उल्लेख गर्दै निष्पक्ष निर्वाचनका लागि समान रूपमा नियम लागू हुनुपर्ने माग गरे ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार सबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय जनमोर्चा लगायतका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरूको सहभागितामा सर्वदलीय छलफल भएको हो ।

 

  • १५ माघ २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२