२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार
७४ औ विश्व भन्सार दिवस नेपालगंन्जमा मनाइयो ,१० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल
  • न्युज डेस्क

    १२ माघ २०८२, सोमबार

(नेपालगंन्ज )

खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएको छ ।
जनवरी २६ का दिन ७४ औ विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जनाकारी दिईएको हो । यो वार्षिक लक्षको ४१ प्रतिशत र मासिक लक्षको ८० प्रतिशत हो ।
नेपालगन्ज भन्सार कार्यालयले भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले भन्सार कार्यालयले राजश्व उठाउनेमात्र नभएर अन्तराष्टिय वजारलाई व्यवस्थित बनाउने कुरामा जोड दिए ।
खुला सिमा र बढ्दो चोरी पैठारीको चुनौतिका बिचमा पनि लक्षको समिप रहेर भन्सार राजश्व उठाउन सफल भएको प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए ।
उनले भने–‘ चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएका छौ ।’ उनले नेपालबाट उत्पादीत बस्तुमा प्लाईउड भएको र जडिबुटी पैठारी हुने गरेको बताए ।यसैगरी नेपालगन्ज भन्सार हुदै चामल, पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी सामान लगायतका बस्तुहरु आयात हुनेगरेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

भन्सार दिवसको अवसरमा भन्सार चोरी पैठारी बिरुद्ध सडक नाटक, रिक्सा अटो चालकलाईं सचेतनामुलक अभिमुखिकरण तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका सहभागि तथा लाइ प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियो ।भन्सार दिवसको अवसरमा निर्याततर्फ सबैभन्दा बढि निर्यात गर्ने गंगा रोजिन एण्ड टर्पेनटाईन, आयततर्फ नेपाल आयल निगम, जय अम्बे स्टिल उद्योग र देवती गुटखा उद्योगलाई सम्मान गरिएको छ ।

 

  • १२ माघ २०८२, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२