कार्तिक १६ बर्दिया लगायत देशभरका विभिन्न जिल्लामा सरकारले गरेको धानको समर्थन मूल्यमा आफ्ना उत्पादन अझै कृषकले बिक्री गर्न पाएका छैनन् । सरकारले धानको मूल्य तोकेपनि उक्त मूल्यमा खरिदकर्ता नपाउँदा समर्थन मूल्य भन्दा निकै कममा आफ्नो उत्पादन बेच्न बाध्य छन् ।
‘सरकारले तोकेको मूल्यमा धान खरिदकर्ता नै पाइँदैन, अनि सस्तोमै भएपनि धान बेच्न किसान बाँध्य हुनुपर्छ’, किसान तुलसी चौधरी ले भने ‘मूल्य तोकेर औपचारिकता पूरा गरेको मात्रै जस्तो देखिन्छ, उक्त मूल्यमा उत्पादन बिक्री सरकारले सुनिश्चित गरेको छैन ।’ उनले मल, बिउको मात्रै नभई उत्पादन बिक्री गर्न पनि किसानलाई समस्या रहेको बताए ।
बाँके, बर्दिया लगायत विभिन्न जिल्लामा धानको कटानी चलिरहेको छ । किसानलाई काटेको धान भण्डारणको समस्या छ । ‘धान काटेर कहाँ राख्ने भण्डारण गर्ने ठाउँ हुँदैन, आफ्ना लागि राखेर बेच्नै पर्छ, खेतीका लागि लिएको ऋण तिर्नुपर्छ, आफ्नो खर्च पनि हेर्नु पर्यो, अब अर्को खेतीको सिजन आयो त्यसका लागि पनि पैसा चाहिन्छ, त्यो धान बिक्रीबाट नै पाइने हो’, किसानलाई धान काट्ने वित्तिकै बेच्नु पर्ने बाध्यता सुनाउँदै किसान सुकनीचौधरी सुनाउँछन् ।
किसानले धानको मूल्य सरकारले तोकिसकेको पनि जानकारी नपाउने गरेको बताउँछन् । ‘मूल्य तोकिए खाद्य कम्पनीले समयमै खरिद गर्दैन’, उनले भने, ‘त्यसैले सरकारले तोकेको भन्दा कम मूल्यमा किसान धान बिक्री गर्न बाध्य हुन्छन् ।’
खाद्य कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको मूल्यमा किसानबाट धान खरिद गर्ने गर्छ । तर, खाद्यले ढिलो गरी खरिद गर्दा किसानले व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । खाद्यले खरिद सुरु गरेपछि भने व्यापारीले पनि मूल्य बढाएर खरिद गर्ने किसानहरू बताउँछन् । ‘खाद्यले कोटामै भएपनि खरिद सुरु गर्यो भने व्यापारीलाई दबाब हुन्छ र मूल्य बढाउन बाध्य हुन्छन्’, समयमै खाद्य कम्पनीले खरिद नगर्दा किसानले नोक्सानी व्यहोर्नु परेको किसानहरू बताउँछन् ।
मन्त्रिपरिषद्को गत २६ साउनको बैठकले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४ सय ६३ रूपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६ सय २८ रूपैयाँ तोकेको थियो । धान बेचेर बिउ, मलखाद, खनजोतको उधारो तिर्नुपर्ने र गहुँखेतीका लागि पैसा चाहिने भएपछि किसान सस्तो भाउमा धान बेचिरहेका छन् ।
धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलाइ गरेको किसानको गुनासो छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीले धमाधम किसानको धान कम मूल्यमा खरिद गरिरहेका छन् । बाँकेका किसानहरू हाल गल्ला व्यापारी तथा मिलहरूलाई २ हजार ५ सयदेखि २ हजार ८ सय रूपैयाँ प्रति क्वीन्टल धान बिक्री गरिरहेको किसानहरू बताउँछन् । बर्दियामा किसानले प्रतिक्विन्टल दुई हजार चार सय रुपियाँदेखि दुई हजार सात सय रुपियाँमा मोटा धान बिक्री गरिरहेका छन् ।
गुलरिया नगरपालिका–४काे फुल कुमारी चौधरी ले भनिन व्यापारीले आफूले चाहे अनुसारको धानको मूल्य नदिएको बताउँछन् । उनले सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेको जानकारी दिए । राजापुर नगरपालिका–७, भिम्मापुरका कृषक पहारी थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद ढिला गर्दा कृषक मर्कामा परेको बताए ।
सरकारले निर्धारण गरेको मूल्यभन्दा प्रतिक्विन्टल साढे आठ सय रूपैयाँ कममा किनबेच हुन थालेपनि त्यसतर्फ बाँकेमा नियामक निकायले चासो राखेको पाइँदैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले कुरा गर्दै धान खरिदको लागि केन्द्रको निर्णय पर्खिरहेको बताए । ‘केन्द्रबाट कोटा निर्धारण भएर आएपछि कुपन प्रणाली मार्फत बाँकेमा धान खरिद गर्छौ’, उनले भने, ‘त्यसका लागि समय लाग्न सक्छ ।’
१ लाख ९० हजार क्वीन्टल धान खरिद गर्दै कम्पनी
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि आज मंगलबारदेखि किसानसँग धान सुरु गर्ने भएको छ । कम्पनीले सुदूरपश्चिमको कैलालीबाट धान खरिद सुरु गर्ने जनाएको छ । जुन क्रमशः कञ्चनपुर, बर्दिया हुँदै पूर्वतर्फ विस्तार हुनेछ ।
कम्पनीले यस वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद तोकेको छ । यसका लागि कम्पनीले ७० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
कम्पनीले धान खरिदका लागि १३ वटा केन्द्रहरू सञ्चालन गर्ने भएको छ । यी खरिद केन्द्रहरू धान उत्पादनका प्रमुख क्षेत्रहरूलाई ध्यानमा राखेर तोकिएका हुन् । महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा यी केन्द्रहरू रहनेछन् ।
का विभिन्न जिल्लामा सरकारले गरेको धानको समर्थन मूल्यमा आफ्ना उत्पादन अझै कृषकले बिक्री गर्न पाएका छैनन् । सरकारले धानको मूल्य तोकेपनि उक्त मूल्यमा खरिदकर्ता नपाउँदा समर्थन मूल्य भन्दा निकै कममा आफ्नो उत्पादन बेच्न बाध्य छन् ।