२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बेरियर गेट खुल्ला रहने समय बढाइयो
  • न्युज डेस्क

    २३ आश्विन २०८१, बुधबार

नेपालगन्ज

नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाइएको छ । नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ ।चाडपर्वको बेला सीमा नाकामा अत्यधिक भिडभाड हुने गरेकोले सर्वसाधारणको सहुलियतका लागि नाका बिहान ६ बजेदेखि राति १०ः३० बजे सम्म खुल्ने भएको हो । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो ।

भन्सार कार्र्यालयको असोज २३ को निर्णयानुसार बुधबार बाट लागू हुने गरी यात्रु शाखाको बेरियर बिहान ०६ः०० बजे देखि राति १०ः३० बजेसम्म खुल्ला रहने प्रमुख भन्सार अधिकृत जनार्दन पौडेले बताए ।

यसैगरी भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाह नाका गेट नजिकै सारिएको छ । यसले सीमामा रहेका नेपाली बस्तीका मानिसहरुको आवागमनलाई सहज बनाउनेछ । नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग बाणिज्य संघले लामो समयदेखि यो आवाज उठाउँदै आएका थिए ।
राजस्व चुहावट नियन्त्रण समितिको असोज ११ गतेको बैठकबाट यात्रु शाखाको बेरियर भारतीय नाकाको समय अनुसार व्यवस्थापन गर्ने निर्णय गरीएको थियो ।

नेपालगंन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले लामो समयदेखी जनताको गुनासोका सम्बोधन भएको बताए । उनले बस्तीका बिच बेरिएर रहदा हिडडुल गर्न र बिमारी लैजादा समस्या भइरहेको थियो ।’उनले भने , यसले ठुलो एउटा राहत महसुस भएको छ । यसले पैदल यात्रुलाइ सहज बनाएको छ ।’

कार्यक्रममा बाकेका प्रमख जिल्ला अधिकारी खगेन्द्र रिजालले बस्तीका बिच बनाइएको साबिकको बेरियरले पैदल यात्रु र बिमारी बोक्ने साधनहरुले झेल्नुपर्ने समस्या अन्त्य भएको बताए ।

‘स्थानीयहरुले बिशेष रुपमा यो मुद्धा उठाउदै आउनभएको थियो । अहिले आएर पुरानो भन्सारमा रहेको बेरियर लाइ जमुनाहा नाकामा रहेको मुल भन्सारमा सारेर ल्याउन सफल भएका हौ । ’

भन्सार नियमावली, २०६४ को नियम ६६ मा भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र बन्द गर्ने समय तोकी सर्वसाधारणका लागि भन्सार कार्यालयको सूचनापाटीमा टाँसिदिनुपर्ने भन्ने ब्यवस्था रहेको छ ।

वेरियर भारतीय समय अनुसार राती १० बजे नेपाली समय अनुसार राति १०ः१५ बजे सम्म खुल्ला रहने र भारतीय नाकाबाट नेपाली बेरियरसम्म पैदल आउन समेत १०–१५ मिनेटको समय लाग्ने भएकाले सोही अनुसार सहजता अपनाइएको हो ।

बेरियर गेट खुल्ला रहने समय बढाइएको बारेमा जानकारी दिन जमुनाहमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त लगायतको उपस्थिति थियो ।

  • २३ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech