५ भाद्र २०८३, शुक्रबार
५ भाद्र २०८३, शुक्रबार
उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रचारप्रसार तिब्र
  • न्युज डेस्क

    ६ भाद्र २०८३, शनिबार

(नेपालगंन्ज )

नेपालगन्ज उद्योग वाणिज्य संघको यही भदौ ६ गते हुने निर्वाचनका लागि प्रमुख राजनीतिक दलसंग आबद्ध व्यवसायीहरू पहिलो पटक एउटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपालगायत प्रमुख दलसँग आबद्ध व्यवसायीहरूले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरेका थिए । तर केही व्यवसायीले विभिन्न पदमा उम्मेदवारी दिएपछि संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

संघका वर्तमान अध्यक्ष टंक धामीले पहिलो पटक सबै प्रमुख दलसग आबद्ध व्यवसायीहरू एकजुट भएर एउटै प्यानल बनाएर निर्वाचनमा सहभागी भएको बताउनुभयो । रास्वपानिकट धामीले संघको गरिमा र व्यवसायीको साझा हितका लागि सबै पक्ष एक ठाउँमा बसेर उम्मेदवार छनोट गरिएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसनिकट अग्रज व्यवसायी ललित रौनियारले सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास सफल हुन नसकेपछि साझा प्यानल बनाएर प्रचारप्रसारमा जुट्नुपरेको बताउनुभयो ।
नेकपा (एमाले) निकट व्यवसायी कृष्णप्रसाद श्रेष्ठले अधिकांश व्यवसायीको चाहना सर्वसम्मत नेतृत्व चयन गर्ने भए पनि केही प्राविधिक कारणले सम्भव नभएकाले सबै दलनिकट व्यवसायी एउटै प्यानलमा आबद्ध भएको बताउनुभयो ।
नेकपानिकट अग्रज व्यवसायी तारा रोकायाले निजी क्षेत्रको साझा संस्थालाई सबैको प्रतिनिधित्व हुने संस्था बनाउन एउटै प्यानल बनाएर अघि बढिएको बताउनुभयो ।

संघका पूर्वअध्यक्ष, वर्तमान नेतृत्व तथा विभिन्न व्यावसायिक समूहबिच भएको छलफलपछि हालका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीको नेतृत्वमा संयुक्त प्यानल तयार गरिएको हो ।

संयुक्त प्यानलअन्तर्गत उपाध्यक्ष (उद्योग) मा कमल कार्की, उपाध्यक्ष (वाणिज्य) मा विष्णुप्रसाद श्रेष्ठ, उपाध्यक्ष (महिला) मा रूपा ओझा, महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टिकामणि उपाध्याय उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्य पदमा सन्तोष पौडेल, टोपबहादुर थापा, नन्दराम जैसी, सैयद जहाँगिर मुसलमान, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, आदित्य गुप्ता, चाँदबाबु अन्सारी र नगेन्द्र शाही उम्मेदवार रहेका छन् ।

एसोसिएट सदस्यमा अब्दुल वाहिद अन्सारी र राजीव तलङ्गा तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजङ्ग बन्जाराको नाममा सर्वसम्मति भएको संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो ।
यता स्वतन्त्र प्यानलबाट अध्यक्षमा ध्रुव दाहाल, उपाध्यक्षमा उमा ग्रान्डन, कोषाध्यक्षमा सूर्य श्रेष्ठ, महासचिवमा दीपेन्द्रकुमार जोशी तथा सदस्यमा रामकुमार वैश्य र विकास थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै समूहले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले प्रतिबद्धता सांर्वजनिक गरेको छ ।

संयुक्त प्यानलले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामी, संघका पूर्वअध्यक्ष तथा महासंघका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, संयुक्त प्यानल निर्वाचन समितिका संयोजक ललितकुमार रौनियार, संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार चिरञ्जीवी ओली, संघका महासचिव भीमबहादुर रानाभाट, पूर्वमहासचिव विष्णु लामिछाने र संघका पूर्व सदस्य भास्कर काफ्लेलगायतले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

संघको निर्वाचित हुने २१ सदस्यीय कार्य समितिमा संयुक्त प्यानलबाट उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्य राजीव तलंगा र अब्दुल वाहिद अन्सारी, सम्बद्ध सदस्य फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसक्नु भएको छ । संघको आगामी निर्वाचन शनिबार हुदैछ ।

  • ६ भाद्र २०८३, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२