२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बर्दिया अस्पतालले बिमाबाट चालु आवको दुई करोड बढी रकम भुक्तानी लिन बाँकी ,बर्दियामा पचिस जना सिक्कलसेल टेरेडकाे विरामीहरु ओैषधी निशुल्क रुपमा गरीदै
  • न्युज डेस्क

    ३२ असार २०८१, सोमबार

मेनका चाैधरी
बर्दिया,असार ,
नेपाल स्वास्थ्य बिमा बोर्डले बर्दिया अस्पताललाई भुक्तानी दिन ढिलाई गरेको पाईएको छ । बिमा बोर्डले चालु आर्थिक वर्षको रु २ करोड ६२ लाख ४५ हजार २ सय ३६ भुक्तानी नगरेको पाईएको हो । बिमाले भुक्तानी दिन ढिलाई गर्दा अस्पताललाई औषधीलगायतको खर्च व्यवस्थापन गर्न गाह्रो भईरहेको जनाएको छ ।
अस्पतालले चालु आर्थिक वर्षमा स्वास्थ्य बिमाका ४८ हजार ८ सय ६३ बिरामीलाई सेवा दिएको तथ्यांक छ । अस्पतालले रु ५ करोड ५२ लाख ९३ हजार ७ सय ९८ बिमामा क्लेम गरेको थियो ।
जसमा बिमाले क्लेम गरेको रकममा रु ५ करोड ४० लाख ६० हजार ५ सय ७७ स्वीकृत गरेको थियो । बिमाले स्वीकृत गरेको रकम चालु आवको असार १५ गतेसम्म रु २ करोड ७८ लाख १५ हजार ३ सय ४१ मात्र अस्पताललाई भुक्तानी गरेको पाईएको छ ।
गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रकम रु १ करोड ३१ लाख ५५ हजार ९ सय १३ चालु आर्थिक वर्षमा बिमा बोर्डले अस्पताललाई भुक्तानी गरेको छ ।साथै  जिल्ला  अस्पताल गुलरियामा  २५जनाकाे सिक्कल सेल टेरेडका बिरामीको निशुल्क उपचार  हुदै  छ प्रदेश सरकारले पैसा उपलब्ध गराउन वाकी रहेकाे बताउनुभयो ।
  • ३२ असार २०८१, सोमबार प्रकाशित
  • Nabintech