(नेपालगंन्ज )
बाकेको राप्तीसोनारी गाउपालिका –२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीले निर्वाचीत भएयता वडाबाट कुनै सेवा सुबिधा लिएका छैनन् । आफुले पाउनुपर्ने मासिक सेवा सुबिधा उनले बिपन्न तथा समुदायका लागि सहयोग गर्दै आएका छन् ।
बाकेमै युवा वडा अध्यक्षका रुपले परिचीत उनि समुदायमा मनकारी वडाअध्यक्षको रुपमा चर्चीत छन् । उनै ज्ञानेन्द्रराज वलीले आफनो वडाभित्र हावाहुरीबाट पीडित बनेका चार घरपरिवारलाई आफनो सेवासुविधाबाट सय थान टिन (जस्तापाता) सहयोग गरेका छन् । ।
गत बुधबार राति आएको हावाहुरीका कारण वडाका विभिन्न गाउका स्थानीयवासीन्दाहरुको घरको छाना उडाएर पीडित बनाएपछि विपन्न परिवार छनौट गरेर चार घरपरिवारलाई पुग्ने गरी सय थान जस्तापाता सहयोग गरेका हुन् ।
गत बुधबार राति आएको हावाहुरीका कारण वडाभित्रका धेरै स्थानीयका घरका छाना उडाएर लगेको थियो ।
वडा भित्रका विभिन्न गाउँका स्थानीयहरू अत्यन्तै दयनीय अवस्थामा रहेका परिवारलाइ छनौट गरेर आफनो तलबभत्ता तथा अन्य सुविधाबाट चार घरपरिवारलाई एक सय थान जस्तापाता बितरण गरीएको हो ।
वडाध्यक्ष वलीका अनुसार कसैको अभिभावक नभएको परिवार, कोही शारीरिक अशक्त तथा अपाङ्ग भएको परिवार तथा अत्यन्तै दयनीय अवस्थामा रहेका अत्यन्तै विपन्न चार घरपरिवारलाई घर छाउनका लागि पुग्ने गरी सय थान जस्तापाता प्रदान गरिएको हो ।
उनका अनुसार हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएको खोरीया टोलका एक, मदुवा टोलका एक, अम्रहवाका एक र टिकुलीपुरका एक गरी चार घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको हो ।
वडाध्यक्ष वलीले आफू निर्वाचित भएर आएदेखि हालसम्म सरकारबाट पाउने तलब भत्ता तथा कुनै सेवासुविधा लिएका छैन् ।
उनले तलब भत्ता लगायतका अन्य सेवा सुविधा जनताकै काममा खर्च गर्दै आएका छन् ।
‘जनताको सेवाका लागि निर्वाचीत भएर आएको हु । समुदायका लागि काम गर्नुनै मेरो प्राथमीकता हो । सामाजिक सेवामा रमाउदै आएका वडा अध्यक्ष वलीले भने ,‘म रोजगारी र राजनीति गर्न आएको होइन् ।’