१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
कृष्णसार रिसोर्टमा पौडी खेल्ने क्रममा युवकको मृत्युु
  • न्युज डेस्क

    १५ जेष्ठ २०८१, मंगलवार

मेनका चौधरी जेठ १५बर्दिया ।

पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा मृत्युु भएका यादवलाई चेकजाच गर्न लागि जिल्ला अस्पताल बर्दियामा लगिएको बेलामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

रिसोर्ट को सिमीङको मापदण्ड विपरीत रहेको रिसोर्ट को लापरबाहीले घटना घटेको स्थानीय वासीको आरोप छ । मृत्तक यादवको आमा लक्ष्मी यादवले रिसोर्ट सञ्चालाकलाई कार्वाही र क्षतीपुर्तीको माग गर्नु भएको छ ।

 

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित
  • Nabintech