१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरु लाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षा सम्वन्धि पहिलो पटक अभिमुखीकरण
  • न्युज डेस्क

    ५ चैत्र २०८०, सोमबार

मेनका चौधरी ःबर्दिया ३ चैत्र ,

अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षा अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम गुलरीया नगपालीकामा सम्पन्न भएको छ ।
कार्यक्रम राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभा अध्यक्षतामा भएको थियो । गुुलरिया नगरपालीकाको उपप्रमुख सावित्रा गौतमको प्रमुख अथिति माकार्यक्रम भएको हो ।

प्रमुख अथिती उपप्रमुख गौतमले अपाङ्घगता सम्वन्धी वनेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनी प्रभावधानको बारेमा बताइन् ।
बालबालिकाहरुको अभिभावकहरुलाई शिक्षा र खानेपानी सरसफाई तथा स्वच्छता अधिकार र अपाङ्घ सम्वन्धी बनेका राष्ट्रिय तथाअन्र्तराष्ट्रिय कानुनी प्रभावधानको बारेमा काुननको बारेमा अभीमुखीकरण गरीएको थियो ।

सो कार्यक्रममा गलरीया नगरपालीकाको नगर उपप्रमुख सावीत्रीगौतम ,प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह र योजना शाखा प्रमुख मुकुन्द अर्यालले अभिमुखीकरण कार्यक्रम गुलरीया नगरपालीकामा गरेकोमा धन्यवाद दिए।

पहिलो प्रयास अपागङता भएका बालबालिकाहरु बाट अभीभावक बाट कुरा लुकाएको कुरा योजना शाखा प्रमुख मुकुन्द अर्यालले बताए ।
गुणस्तरीय शिक्षा विद्यालयमा विकासको अभियानमा लागेर अपागङता भएका बाललबालिका अभिभावकलाई लक्षित गरेको कार्यक्रम रहेको बताए ।
गुलरिया नगरपालीकामा हाल बनिरहेको विद्यालयमा अपागङता भएका विद्यार्थीहरुको लागी खानेपानी तथा सरसफाई स्वच्छता पहुँचयुक्त भौतीक संरचना निमार्ण भैरहेको समेत जानकारी दिए । अर्यालले अगाढी बोल्दै समावेशीकरण गर्न आरक्षण कोटा सुनिश्तिा गरेको छ । त्यसको सेवा सुविधालिनको लागीन्युनतम मापदण्ड पुरा गर्नुपर्ने बताए । उनले गुलरीया नगरपालीका पनी अपागङता आर्थिक सहयोग गरीरहेको बताए ।
अपागङता भएका बालबालिकाका अभिभावकहरु लाई दुई दिन सम्म अभिमुखीकरण गरीको थियो ।
गुलरिया सामुदायीक विद्यालयमध्ये गुलरिया वटा स्कुलका बालवालिकाको अभिभावकहरु लाई खानेपानी सरसफाई तथा स्वच्छता र शिक्षाको अधिकार सम्वन्धि अभिमुखीकरण गराएको थियो ।

प्रत्येक महिनाको अपाङ्घगताको परिचयपत्र वितरणको लागी वैठक वसेर वितरण गर्ने निर्णय गरीरहेको छ ।
विद्यालय स्तरमा अपाङ्घता भएका बालबालीकाहरुको सही तथ्याकँ र पहिचान भएको आगामी योजनाहरुमा पालीकाले त्यस्ता बालबालीकाहरु सीकाई बतावरण सृजना गर्न अभीभावकहरु लाई स्याहार तथामनोपरामर्श कार्यक्रम उत्प्रेरण जगाउने किसीमको कार्यक्रम, सेवा सुविधा सहज रुपमा पुर्याउन र चेतना फैलाउने कार्यक्रम यस्ता कार्यक्रम अपाङ्घताभएका व्यक्ती र अभीभावकहरु लाई गरीनी पर्ने साथै कार्ययोजना वनाएर वजेट विनियोजन गरेर आगामी योजनाबनाउने काम गर्ने प्रतिवद्धता अर्यालले व्यक्त गरे ।

 

परिचय पत्र बनाउनमा ध्यानदिन अनुरोध गर्दै आफ्नो पहिचानको लागी शिक्षा स्वास्थ्य सरसफाईमा थप सहयोग पुर्याउने स्थानीय सरकारले आत्मबल पुर्याउनको लागी सहयोग गर्ने ,अभिभावकहरु सगँ नगरले पनी अन्तरकृया गर्ने सचेतना जगाउने चेतना फैलाउने योजना बनाउने मनोपरार्मश सेवा दिने शिक्षामा सहयोग पुर्याउन लागी शैक्षीक सामाग्रीहरु वितरण गर्ने छात्रा वृद्धि वितरण गर्ने उदेश्य रहेको बताउदै आउने आर्थिक वर्षमा अपाङ्घगता भएका व्यक्तीहरुको लागी वजेट विनीयोजन गर्ने अर्यालले बताए ।

आयोजक राष्ट्रिय अपाङ्घतामहासंघ नेपाल र व्यार्कवाड सोसाईटी एजुकेस बेस बर्दियाको आयोजानामा भएको अभिुमखीकरण कार्यक्रममा अपाङ्घगता भएका बालबलिकाको कक्षा र विद्यालय भर्नामा निरन्तरता अपाङ्घगता भएका बालबालिका अभिभावक द्धारा घरबाट नै अपाङ्घगता भएका बालबालिकाहरुको सिकाई बातावरण सहज बनाउने अपाङ्घगता भएका व्यक्ती बालबालिकाहरुको अधिकारबारे सचेत बनाउने उदेश्यले दुई दिन सम्म गुलरीया नगरपालीकामा अपाङ्घगता भएका बालबालिकाहरुको अभिभावकलाई सचेत हुन अर्यालले अनुरोध गरे।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनी प्रभावधानको बारेमा सघिय सदस्य नेत्र प्रसाद सापकोटाले अभीभावकहरुलाई यो कार्यक्रम आवश्यता छ तर जनप्रतिनिधिहरु सहीत पालीका स्तरमा कार्यक्रम राख्न पर्ने आवश्यकता रहेको बताए ।

सो कार्यक्रममा वाटर एड नेपाल बर्दियाका कार्यक्रम व्यवस्थापक उमा शंकर प्रसाद यादवभन्न्भयो देखीदा समान्य देखीन्छ मान्छेको तर अपाङ्घता भएका बालबालिकाहरु सेवा सुविधाहरुबाट वञ्चित रहेको बताए ।
सो कार्यक्रममा प्रमुख महिलात थाबालबालिका जेष्ठ नागरीक शाखा प्रमुख शिलाशाह, वाटर एड नेपाल ,बेस बोर्ड ,एनसिसि, ओपी डि पालीका स्तरीय अपाङ्घगता सञ्जाल, परियोजना कर्मचारी, पिसीअधिकृतहरु, फिल्ड कर्मचारी ,अभिभावकहरुको सहभागीतामा कार्यक्रम सम्पन्नभएको थियो ।

अपाङ्घताका भएको बालबालिकाको बारेमा जानकारी कार्यक्रमको उद्येश्यमाथी सहयोगी संस्था तथा परियोजनाबारे जानकारी, अपाङ्घताका परिचय, प्रकार अपाङ्घगता परिचयपत्रको महत्व, सेवा, सुविधा, ऐन,नियम तथा कानुनीप्रावधान, राज्यले गरेका व्यवस्थाहरु र अपाङ्घगता भएका व्यक्तीहरुलाई प्रयोग गरीने शव्दावली, खानेपानी सरसफाई तथा स्वच्छता अधिकार, प्रस्तुतीकरण विधिमा सहभागीता मुलक व्याख्यान भिडीयो, चित्र प्रस्तुतगर्दै कार्यक्रम गरीएको थियो ।
।सो कार्यक्रममा अभिभावकहरु बाट, बालबालिकाहरुलाई गरीने सहयोग तथा अनुभव आदानप्रदान गर्न लगाएको थियो, कार्यक्रममा साझेदारी संस्थातथा अतिथिहरुबाट कार्यक्रम अनुगमन गराई सल्लाह सुझाव लिने र अभिभावकहरुलाई उत्प्रेरणा गर्ने किसिमको पालीका नितिगत तथा बजेट तयार गर्ने बारे जानकारी दिइएको थियो ।यस्तो कार्यक्रम पहिलो पटक गुलरीया नगरपालीकामा भएको यस्ता कार्यक्रम पुर्न परियोजना र नगरपालीका बाट निरन्तरण हुनु पर्ने आवश्यकता रहेको सहभागीहरुले बताएका थिए ।

गुलरीयानगरपालीकाकालगायतबारबर्दिया,मधुवन ठाकुरबाबा गेरुवा र गुलरिया गरी ३३ वटा स्कुलका १३ हजार किशोर किशोरी र अपाङ्घता भएका बालबालिकाहरुको शिक्षामा पहँुच पुयाउनको वास गेन परियोजना मार्फत काम गरीरहेको छ ।

ेराष्ट्रिय अपाङ्घमहासंघ नेपाल वास गेन बर्दिया परियोजना संयोजक उमा चौधरी र राष्ट्रिय अपाङ्ग महसंघ नेपालका संघीय परियोजना संयोजक गणेश प्रसाद पाण्डेले कार्यक्रमको सहजीकरण गर्दै सो विषयमा जानकारी दिए ।
राष्ट्रिय अपाङ्घग महासंघको आयोजनामा कार्यक्रम भएको हो ।

 

  • ५ चैत्र २०८०, सोमबार प्रकाशित
  • Nabintech