१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
 मैत्रीपुर्ण फुटबल खेलमा बज्रदल गण विजयी 
  • न्युज डेस्क

    २६ फाल्गुन २०८०, शनिबार

नेपालगन्ज ।
बाँकेको राँझा स्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपुर्ण खेलमा बज्रदल गणले उपाधि हात पारेको छ ।जिल्ला प्रहरी कार्यलय बैंक  लाई गणले १–२ गोल गर्दै बज्रदल गण विजयी भएको हो  । शनिबार आयोजित उक्त मैत्रीपुर्ण खेलमा जिल्ला प्रहरी कार्यलय  एकका विरुद्ध दुई गोलले हराउँदै बज्रदल गणमा कार्यरत नेपाली सेना विजयी भएको हो ।
महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा बाँकेको राँझा स्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपुर्ण खेलको आयोजना गरेको हो ।
बज्रदल गणका तर्फबाट सुमन थारुले आठ मिनेटमा एक गोल गरेका थिए । सोही गणका निरज खातीले एक गोल गरे । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका तर्फबाट अनिल चौधरीले खेलको सत्रौं मिनेटमा एक गोल गरे ।

यसैगरी उक्त मैत्रीपुर्ण भलिबल खेलमा बज्रदल गणले नै विजय हाँसिल गरेको छ । बज्रदल गण र बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरी बीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सेटले सशस्त्रलाई पराजित गर्दै बज्रदल गणले जीत हाँसिल गरेको हो ।

भलिबल र फुटबल खेलको उपाधि जित्ने टिमलाई जिल्ला न्यायधीश भिष्मराज प्रसाईँद्धारा नगद दश हजार पुरस्कार प्रदान गरिएको थियो । समुदाय स्तरका कार्यक्रमहरुमा सहयोग पुर्याएबापत एचसिआसीलाई प्रशंसापत्रले सम्मान गरीएको थियो । बाहिनी पति प्रकाश थापाद्धारा एचसीआरसी कार्यक्रम समयोजक रमेश सिटौलालाई प्रशंसाापत्र प्रदान गरीएको थियो ।

मैत्रीपुर्ण फुटबल र भलिबल खेलको उदघाटन सत्रमा जिल्ला अदालत बाँकेका न्यायधिश भिष्मराज प्रसाईँ, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, श्री नं. ४ बाहिनी अड्डा ईमामनगर ब्यारेकका बाहीनीपति सहायकरथी प्रकाश थापा, बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ससबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्का लगाएतको उपस्थिति रहेको थियो ।

  • २६ फाल्गुन २०८०, शनिबार प्रकाशित
  • Nabintech