२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार
अन्र्तजातीय नारीवाद बारे दुइ दिने तालिम सुरु
  • न्युज डेस्क

    २१ फाल्गुन २०८०, सोमबार

 

(नेपालगन्ज)
शान्ति सहिष्णुता तथा महिला सशत्तिकरण भन्ने नाराका साथ नेपालगंन्जमा दुइ दिने अन्र्तजातीय नारीवाद तालिम सुरु भएको छ ।
तालिमको उदघाटन गर्दै लुम्बिीनि प्रदेश सभासद माया पुनले राजनीतिमा   समेत महिला लाइ बिभेद हुने भन्दै महिला लाइ आफनो अधिकार बारे सचेत हुन आग्रह गरीन् । अझै पनि महिलाहरु लाइ अगाढि बढन दिइदैन्। उनले भनिन्,‘ समुदायमा मात्र होइन् । नेतृत्वमा पुगेका महिलाको क्षमताकोे कदर गरीदैन् । त्यसैले अधिकारका लागि चुप लागेर होइन् ।अगाढी बढेर सहभागिता खोज्नुपर्छ
।’
फातिमा फाउण्डेसनको आयोजना तथा बिट्रिस काउन्सीलको सहयोगमा सुरु भएको तालिममा नेपालगंन्ज उपमहानगरपालिका १५ का २५ जना महिलाको सहभागिता छ ।
कार्यक्रममा फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकीले महिला आन्दोलनको योगदानले अहिलेका महिलाहरु बाहिर आउन सकेको बताइन् । उनले परिवार लाइ सचेत बनाउन सके महिला हरेक क्षेत्रमा अब्बल हुने धारणा राखीन् ।
तालिमकी प्रशिक्षक कमला पन्तले जाति अन्तरजातीय नारीवादमा जातीय रुपमा महिलाहरुको अवस्था तथा समग्र महिला आन्दोलनको अवस्थाको बारेमा सहजीकरण गरीने बताइन् । ‘जात अवस्था भित्र हरेक महिलाको अवस्था फरक हुन्छ जसले महिलाको सामाजिक आर्थिक राजनीतिक अवस्थाको बिशलेषण गर्ने छ । ’उनले भनिन् ।
कार्यक्रममा फातिमा फाउण्डेसनका महासचिव हुमा अख्तर ,बोर्ड मेम्बर गंगा वली लगायतको सहभागिता थियो ।
सोमबार देखी सुरु भएको तालिम मंगलबार सम्म चल्ने छ ।
सो तालिम नेपालगंन्ज पछि बाकेको जानकी गाउपालिकाको इन्द्रपुर बन्जारे गाउमा १८ देखी २५ बर्ष उमेर समुहका महिलालाइ तालिम दिइने कार्यक्रमका फोकल पर्सन् कैकसा अन्सारीले जानकारी दिइन् ।

  • २१ फाल्गुन २०८०, सोमबार प्रकाशित
  • Nabintech