५ चैत्र २०८१, बुधबार
५ चैत्र २०८१, बुधबार
किशोर, किशोरीहरु लाइ समाजमा हुने बिभेद तथा प्रथाजन्य हिंसा बिरुद्धमा अभिमुखिकरण
  • न्युज डेस्क

    ४ माघ २०८०, बिहीबार

नेपालगंन्ज

“हिंसामुक्त समाजका लागी महिला नेतृत्व बिकास कार्यक्रम” अन्तर्गत समुदायका किशोर, किशोरीहरु लाई समाजमा हुने बिभेद तथा प्रथाजन्य हिंसा बालबिवाह, बहुबिवाह तथा दाईजोका बिरुद्धमा अभिमुखिकरण सहित तिन दिने तालिम दिइएको छ ।
नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा टेवा नेपालको सहयोगमा संचालित तालिममा डुडुवा गांउपालिका वडा नं.६, हिरमिनिया , जानकी गांउपालिका वडा नं.२, भैययापुर, रतैययापुर वडा नं.३, कालिकापुर तथा नेपालगंज उपमहा नगरपालिका वडा नं.१६, जयसपुर तथा वडा नं.१७ परसपुरका ३५ जना किशोर, किशोरीहरुको सहभागिता थियो ।
तालिममा किशोर किशोरीहरु को सवाल तथा समस्याहरु, प्रथाजन्य हिंसा बालबिवाह, दाईजो, बिभेद तथा महिलाहरु माथि हुेने हिंसा र महिला घरेलुहिंसाका बारेमा अभिमुखिकरण तथा यस संग सम्बन्धित निकायको तथा जनप्रतिनिधिहरुको बारेमा जानकारी बालबालिका तथा किशोर किशोरीहरु माथि हुने हिंसाबारे उजुरी गर्ने निकायका बारेमा जानकारी दिइएको थियो ।

प्रशिक्षक रुपा गहतराज तथा मोहम्मद शेर बागवानले तालिम दिएका थिए भने कार्यक्रमको संचालन तथा स्वागत महिला अधिकार मञ्चकी सकिना तेलीले गरेकी थिईन ।
कार्यक्रममा अतिथी नेपालगंज उपमहानगरपालिका वडा नं.१६ जयसपुरकी वडा सदस्य बिजयरानी कुर्मी तथा कार्यक्रमको अध्यक्षता रुबि खाँनले गरेकी थिईन् ।
तालिममा समुदायमा हुन मानव अधिकार हननका बिषय र बालअधिकार तथा सम्बन्धित सवाल तथा समाधानका उपायका बारेमा सहजीकरण गरीएको थियो ।

समुदायस्तरका समस्यालाई जिल्लास्तरमा पुर्याउनका लागी हुने पहल तथा वकालतका बारेमा समेत तालिम दिइएको थियो ।
तिन दिने तालिम समापन पछि १३ सदस्य जिल्लास्तरिय किशार किशोरीहरु संजाल गठन गरीएको छ । अध्यक्ष सहेनाज तेली उपाध्यक्ष बिजय सुनार सचिव रोशनी बेहेना सहसचिव पुनम सुनार, कोषाध्यक्ष मैनाज बागवान ,सदस्यहरुमा आशिका बि.क, सलमान बागवान जन्नतुल बेहेना ,कबिता बर्मा, अर्जुन सुनार ,अनिसा सोनखर ,ईरफान अलि नांउ ,रुपा चमार रहेका छन ।

  • ४ माघ २०८०, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    सूचना विभाग दर्ता नं. :