१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
बिपत व्यवस्थापनको सवालमा जनचेतना अभिवृद्धि सम्वन्धी तालिम
  • न्युज डेस्क

    २६ पुष २०८०, बिहीबार

मेनका चौधरीः बर्दिया पुस २५।

नेपाल रेडक्रस सोसाईती बर्दिया जिल्ला शाखााको आयोजनामा आजबाट बर्दियाको बारबर्दिया नगरपालीकामा दुई दिने पुर्व अनुमान सम्वन्धि तालिम सुरु भएको छ ।
युरोपीयन युनियन र डेनिस रेडक्रसको आर्थिक सहयोगमा पुर्व सुचना कसरी दिने पुर्व कार्य कसरी गर्ने , कसरी सुरक्षीत बनाउने जनधनको सुरक्षा कसरी गर्ने, विपत व्यवस्थापन कसरी गर्ने, विषयमा विपता व्यवस्थापनको सवालामा जनचेतना अभिवृद्धि सम्वन्धी तालिम रेडक्रस बर्दियाको सहजकर्ता तथा कार्यक्रम अधिकृत लौतन चौधरीले जोखिम व्यवस्थापनको सवालमा कसरी तयारी गर्ने विषयमा जानकारी दिनुभएको थियो ।

सो कार्यक्रममा बारबर्दिया नगरपालीकाको उपप्रमुख तथा कार्यक्रमका प्रमुख अथिती रत्ना कुमारी पाण्डेले विपत जोखीम व्यवस्थापनको सवालमा दुईदिने तालिम सक्रिय पुर्वक तालिमलिन अनुरोध गर्नु भएको थियो ।

तालिममा जिल्ला रेडक्रस सोसासाईतीका जिल्ला सदस्य रिम वहादुर खडका , कृष्ण प्रसाद प्रोखरेल बारबर्दिया नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने , योजनाको प्रमुख गोविन्द पुरी, मुल्य बरर्घरहरु, अगुवा चौकीदार ,स्वयसेवीका वडा सदस्यहरु सहभागी रहेका थिए । बारबर्दिया नगरपालीकाको उपशाखाको रेडक्रसको सभापती श्रीराम चौधरीको सभापतीत्वमा कार्यक्रम भैईरहेको जानकारी बारबर्दिया नगरपालीकाको पालीका साहायक रस्मी तामाङ्घले जानकारी दिनुभएको थियो ।

 

  • २६ पुष २०८०, बिहीबार प्रकाशित
  • Nabintech