१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
सडक दुर्घटना न्युनिकरणका लागि स्लो बाईक प्रतियोगिता
  • न्युज डेस्क

    २२ पुष २०८०, आईतवार

(नेपालगन्ज)

सडक दुर्घटना न्युनिकरणका लागि नेपालगन्जमा स्लो बाईक प्रतियोगिता गरिएको छ। श्निबार कानुन समाज सेवा नेपाल बाँकेको आयोजनामा सडक दुर्घटना न्युनिकरणका लागि नेपालगन्जमा स्लो बाईक प्रतियोगिता गरेको हो ।
नेपालगन्जको सुर्खेत रोड स्थित विपीचोकमा सम्पन्न उक्त स्लो बाइक प्रतियोगितामा सन्दिप यादव प्रथम हुन् भएको छ । ५० मिटरको दुरीलाई सन्दिप यादवले ४ मिनेट ४ सेकेन्डमा पार गरी प्रथम स्थान हासिल गर्न सफल भए ।

त्यसैगरी प्रतियोगितामा राजु खान दोस्रो भए । खानले ३ मिनेट ४२ सेकेन्ड लगाएर दोश्रो स्थान हासिल गरेका थिए भने तृतीय स्थान हासिल गर्न अंकित जयसवालले ३ मिनेट ७ सेकेन्ड समय लगाएर दुरी पार गरेका थिए । त्यसैगरी महिला सहभागीहरु मध्ये संगम रावत बैरागीले मात्र उक्त दुरी पार गरेको हुनाले सम्मान स्वरुप प्रमाणपत्र र नगद प्रदान गरिएको हो।

प्रथम, द्वितीय र तृतीयलाई क्रमश ८ हजार, ५ हजार तिन हजार प्रदान गरिएको थियो । नेपालगन्जको सुर्खेत रोड कुसुम पेट्रोल पम्प नजिक अयोजना गरीएको प्रतियोगिता ४७ जनाले सहभागिता जनाएका थिए । ।
उद्घाटन सत्रमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, समाजसेवी सुमन गिरी श्रेष्ठ, विद्यार्थी नेता प्रकाश विश्वकर्मा, अधिवक्ता जयराज जोशी लगायतले यस्ता कार्यक्रमले दुर्घटनाको जोखिम कम गर्न मदत पुरयाउने धारणा राखे ।

 

  • २२ पुष २०८०, आईतवार प्रकाशित
  • Nabintech