१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
श्रमिक महिलाहरु बारे अध्ययन प्रतिवेदन सार्बजनीक
  • न्युज डेस्क

    १७ पुष २०८०, मंगलवार

(नेपालगन्ज)
आर्थिक रुपमा बिपन्न तथा पछाडि पारिएका महिलाहरुले ज्यालामा बिभेद भोग्दै आएको बताएका छन् ।
जानकी तथा डुडुवाका श्रमिक महिलाहरुका बिषयमा शनिबार अध्ययन प्रतिवेदन सार्बजनीक गरीएको कार्यक्रममा सहभागि महिलनाले सो कुरा बताएका हुन् ।
जानकी गाउपालीकाकी २ भैयापुरकी लक्ष्मी सुनार काम गरेको ज्याला समेत समयमा नपाउने गरेको बताइन् ।
अध्ययन प्रतिवेदनमा महिला श्रमिकको अवस्था , काम गर्ने घण्टा , दैनिक ज्याला पाउनेको संख्या , थप काम गरे बापत पाउने थप ज्याला , कार्यस्थल शौचालयको अवस्था , महिलाहरु माथि श्रम स्थलमा यौनजन्य हिसां हुन्छ वा हुदैन ,महिलाको महिनावारीको सायमा प्याडको ब्यवस्था गरीएको छ छैन भनी उनिहरुको स्थीतिका बारेमा अध्ययन गरीएको थियो ।
जानकीका २,३ वडा र डुडुवाको ३ वडा गरी जानकी र डुडुवाका ३० जनामा श्रमीक महिलाको ज्यालाको अवस्थाको बारेमा अध्ययन गरीएको थियो ।
नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा एक्सनएडको सहयोगमा कार्यक्रम गरीएको हो ।
अध्ययन प्रतिवेदन माथि सरोकारवालनाहरुको राय संकलन गरी प्रतिवेदनलाइ पुर्ण रुप दिने नेपाल मुस्लीम समाज बिकास चेतना केन्द्र राष्ट्रिय महिला अधिकार मंचका अध्यक्ष रुबी खानले बताइन् ।
कार्यक्रममा अधिकार्मी सरस्वती मल्लले अध्ययन प्रतिवेदन समेटेर श्रमीक महिलाको अवस्था तथा कानुनी प्रावधान सुझाप र सरोकारवालाको भुमीका बिषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा जानकी गाउपालीकाकी महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले स्थानीय तहमा श्रम ऐन नबनेका कारण कार्यन्वयनमा समस्या भएको बताइन् ।
सो छलफल कार्यक्रममा जानकी गाउपालीका अध्यक्ष छब्बन खा , वडा अध्यक्ष बिभीन्न समितीका स.मयोजक हरुको सहभागिता थियो ।
नेपालगंज उपमहानगरपालिकाका डुुडुवा गांउपालिकाका जानकी गांउपालिकाका श्रमिक, मजदुर महिलाहरुको सहभागिता रहेको थियो ।

 

  • १७ पुष २०८०, मंगलवार प्रकाशित
  • Nabintech