१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
पिडीत महिलाहरुको लागि एकद्वार प्रणालीको ब्यवस्था बारे छलफल
  • न्युज डेस्क

    ९ पुष २०८०, सोमबार

नेपालगंन्ज
पिडीत महिलाहरुको लागि एकद्वार प्रणालीको ब्यवस्था बारे छलफल गरीएको छ ।बाकेको जानकी गांउपालिकामा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रर्को आयोजनामा तथा एक्शनएडको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रशिक्षक नेपालगंज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मन्जु पाण्डेले हिंसामा परेका महिलाहरुको मर्यादित जिवन कसरी बिताउने, बिभेदका बिरुद्ध महिला र पुरुषा दुबैको भुमिका, प्रथा जन्य सवालहरु र समाजमा तिनका असर र कारणहरु, लैंगिक हिंसा र लैंगिक हिंसा निवारण कोषका बारेमा छलफल तथा सहजीकरण, सेवा प्रवाह तथा संप्रेषण प्रणाली ,सिफारीस प्रणालीको प्रकृया ढांचा र एकद्वार संकट ब्यबस्थापन केन्द्र ( ओ सि एम सि) का बारेमा सहजीकरण गर्नु भएको थियो ।
नेपाल मुस्लिम समाज बिकास चेतना केन्दकी अध्यक्ष रुबि खांनको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जानकी गांउपालिकामा रहेका रिफलेक्ट समुह तथा महिला अधिकार मन्चका सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत दिल बहादुर पौडेलले नेपाल मुसिलम समाजले गरेको सरहनिय रहेको र जानकी गांउपालिका सदैब साथ रहने प्रतिबद्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जानकी गांउपालिका उपप्रमुख रामप्यारी यादव प्रमुख अतिथि प्रमुख प्रसाशकिय अधिकृत दिल बहादुर पौडेल, मोहम्मद शेर बागवान लगाएतले आफनो धारणा राख्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला महिला अधिकार मन्चकी अध्यक्ष सकिना तेलीले गर्नुभएको थियो ।

  • ९ पुष २०८०, सोमबार प्रकाशित
  • Nabintech