१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
सशस्त्र प्रहरी बल द्धारा बाकेमा एकतीस लाख चवालिस हजार तीन सय बराबरको अबैध सामाग्रि बरामद
  • न्युज डेस्क

    २९ मंसिर २०८०, शुक्रबार

(नेपालगन्ज)
सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वा बागेश्वरी बाके द्धारा एकतीस लाख चवालिस हजार तीन सय बराबरका भन्सार छली गरिएका अबैध सामानहरु बरामद गरेको छ ।
बिहीबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेक्वा बागेश्वरी बाँकेबाट खटिएको टोलीले झण्डै ३२ लाख बराबरको अवैध सामान बरामद गरेको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए ।
बिहिबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेक्वा बागेश्वरी बाँकेबाट खटिएको टोलीले जिल्ला बँके खजुरा गापा –६ स्थित सिमलघारीमा चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नं. को गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको चौध लाख १४लाख ७० हजार तिनसय मुल्य बराबरको बिभिन्न प्रकारका लत्ताकपडा पाच लाख ८४ हजार मुल्य बराबरका कास र एक लाख ४० हजार मुल्य बराबरका पित्तलका मुर्ति, भाँडाबर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको नौ लाख ५० जहार मूल्य बराबरको गाडी सहित बरामद गरिएको हो ।
ट्रक चालक सहित दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गणका सूचना अधिकारी भारतीले बताए
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका ५ वस्ने ५० वर्षिय कमल हलुवाई र चालक ३० वर्षिय भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।
यस्तै बाके प्रहरीले बाकेमा अबैधरुपमा ल्याइएका २ लाख रुपैयाँ बढीको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ ।
नेपालगंज उपमहानगरपालिका–१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।
करिब दुई लाख उन्नाइस हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरिएको बाके प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बँकेले जनाएको छ ।

 

 

  • २९ मंसिर २०८०, शुक्रबार प्रकाशित
  • Nabintech